इलाम जिल्लाबाट निर्वाचित हुनुभएका पुनर्थापित प्रतिनिधि सभाका माननीय सांसद ज्यू हरू,
इलाम जिल्लाका तीन निर्वाचन क्षेत्रबाट २०५६ सालको आम निर्वाचनमा निर्वाचित हुनुभएका तपाईं सांसदहरू हाल विभिन्न ३ मुख्य राजनीतिक दलसित आवद्ध हुनुहुन्छ।
क्षेत्र नं. १ बेनुपराज प्रसाईं- नेपाली कांग्रेस
क्षेत्र नं. २ सुभाषचन्द्र नेम्बाङ- नेकपा एमाले
क्षेत्र नं. ३ केशव थापा- नेपाली कांग्रेस (हाल ने.का. प्रजातान्त्रिक)

इलामेली जनता हरूले तपाँइहरूलाई सोधेका ४ प्रश्नहरू प्रकाशित गरिएको छ। कृपया यी प्रश्नहरूको उत्तर यसै वेवसाइट मार्फत दिनुभए सम्पूर्ण जनताले आन्दोलन मार्फत तपाईंहरूमाथि देखाएको भरोसा अझ दह्रो हुने अपेक्षा गरेका छौं।
– इलामसूत्र

प्रश्‍नहरूः
१. राजनीतिक नेताहरूबाट “पुराना गल्ती सच्याउने” प्रतिवद्धता पटक पटक अभिव्यक्त हुने गरेको छ। तपाईँ पनि त्यसमा अवश्य सहमत हुनुहुन्छ भन्ने हाम्रो विश्वास छ।
तर “पुराना गल्ती” भन्ने शब्दावलीले कुनै निश्चित अर्थ नदिने भएकाले “सच्याउने”
पनि अमूर्त नारा मात्र होला भनेर डराउनु पर्ने भइसकेको छ। ती गल्ती सच्याउनका
लागि तिनका ’boutमा स्पष्टता हुनु आवश्यक छ भन्ने हामीलाई लाग्छ। त्यसैले ती
गल्तीहरू के के थिए, के कस्तो परिस्थितिमा ती गल्ती हुन गए र अब त्यस्ता गल्ती
हुँदैनन् भनेर हामीलाई कसरी आश्वस्त गराउनु हुन्छ भनेर बताइदिन हाम्रो आग्रह छ।
कृपया “पुराना गल्ती” लाई राजनीतिक, आर्थिक, प्रशासनिक आदि वर्गमा बाँडेर विश्लेषण गरिदिनु भए अझ आभारी हुनेछौँ।

२. संसद पुनर्स्थापना त भयो, अब तपाईँको भूमिका के हुनेछ? तपाईँको भूमिका कुन
अर्थमा पहिलेभन्दा भिन्न र कुन अर्थमा पहिले जस्तै हुनेछ, स्पष्ट पारिदिन आग्रह
छ। युद्धविराम भइसकेको अवस्थामा आफ्नो निर्वाचन क्षेत्रको व्यापक भ्रमण गर्ने कुनै योजना छ भने कार्यान्वयन हुने किसिमबाट त्यसको जानकारी दिनुहोला।

३. संविधानसभा सबै नेपालीको चाहना हो तर पनि हामी सबैले यसका प्राविधिक पक्ष र प्रक्रियाहरू बुझ्न सकेका छैनौँ। यसका कतिपय पक्षहरू पछि निश्चित हुँदै जाने
कुरा थाहा भए पनि हामीलाई यसका ’boutमा केही कुरा जानिहाल्ने हतार पनि छ। हाम्रो
राजनीतिक प्रतिनिधि भएकाले हामीलाई यी कुरा बुझाइदिने सबभन्दा उपयुक्त व्यक्ति
तपाईँ नै हो भन्ने हाम्रो ठहर छ। कृपया बुझाइदिनु होला।

४. जनआन्दोलनकारी शक्तिहरू राजनीतिक प्रतिष्पर्धी पनि हुन् भन्ने तथ्य हामीले
बिर्सेका छैनौँ। तर पनि हामी तपाईँहरूमा आधारभूत मेलमिलाप रहिरहोस् भन्ने
चाहन्छौँ। निर्वाचन क्षेत्रदेखि राष्ट्रिय स्तरसम्म अन्तरपार्टी मेलमिलापका लागि तपाईँसित कुनै योजना छन्? छन् भने बताइदिन अनुरोध छ।

–यी प्रश्नहरू माननीय सांसदज्यूहरूको ठेगानामा संसद सचिवालय, सिंहदरवारमा पठाइसकिएको छ।