२१ फागुनमा इलाम भिडन्तको क्रममा क्षतिग्रस्त इलाम रेडक्रसका २ वटा एम्बुलेन्सको मर्मतका लागि इलामसूत्रको अनलाइन पोर्टल मार्फत सहयोग संकलन गरिँदैछ। तपाँइले पनि आफ्नो इच्छा अनुसारको सहयोग रकम ilam.wordpress.com मार्फत कबोल गर्न सक्नुहुनेछ। कुनै कठीनाइ भएमा sunriseilam@yahoo.com मा सम्पर्क गर्नुहोला। कबोलेको रकम हप्तादिनभित्र नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरी लाई हस्तान्तरण गरिदिनुहुन अनुरोध छ। इलाममा रकम बुझाउन चाहने महानुभावहरूले पत्रकार रोहित चन्द्र भट्टराई, (फोनः ५२०४१५) मार्फत बुझाउन सक्‍नुहुनेछ। संकलन भएको रकमको विवरण पोर्टलमा अध्यावधिक हुँदै जानेछ।
विस्तृत विवरणका लागि समाचारमा “एम्बुलेन्स मर्मतका लागि इलामसूत्र मार्फत सहयोग संकलन शुरु” शीर्षक हेर्नुहोला।
धन्यवाद