-युवराज गौतम‘इलाम‘ नाम सुन्दा नै जोसुकैलाई लाग्न सक्छ त्यहाँभित्र प्रकृतिले दिएको बहुमूल्य उपहारको पोको पक्कै छ। व्रिटिसले कुँदेको दशगजा पारिपट्ट िदार्जिलिङ्ग र सिक्किमको पहाडहरूजस्तो सामीप्य इलाममा पनि अवश्य छ। सधैं नयाँ खोज र आधुनिकतालाई अँगाल्ने दार्जिलिङ्गे र सिक्किमेजस्तो शिल्पी स्वाभाव इलामेमा पनि भरिपूर्ण छ। कञ्चनजङ्घाको फेदिमा वसेर सूर्योदयको लालीसंगै दस नङ्ग्रा खियाउने इलामेको साहसलाई पनि नकार्न सायदै कसैले सक्दैन। राष्ट्रिय स्रष्टा जसलाई विश्वले नियालिरहेको छ र सम्मान प्रदान गरिरहेको छ, ती स्रष्टाहरूबाट पनि इलाम धनी छ। प्रकृति र प्रतिभाको अभाव छैन इलाममा। समग्रमा इलामलाई यसो भनौं ‘स्रष्टाहरूले मात्र पनि इलाम कहलिएको छ, प्राकृतिक छटाहरूले त झनै निखारिएको छ इलाम।‘ इलामलाई वर्ण्र्ाागर्न चाहनेका लागि प्रशस्त आधार र क्षेत्रहरू छन्। इलाम पुगेर नाक खुम्च्याउनु सायद अनर्थ हुन्छ।प्राकृतिक स्वरूपले त इलाम विश्वका स्विट्जरल्यान्ड,दार्जिलिङ्ग, सिक्किमजस्ता देश र स्थानहरूसँग प्रतिस्पर्धा नै गर्दछ। इलामेको व्यस्तता झनै प्रशंसनीय छ। इलामको जुनसुकै स्थानमा बसेर कविले कविताका हरफहरू फुराउन सक्छन् अनि भावहरू ओकल्न सक्छन्। यो कुनै मिथ्था कल्पना वा वर्ण्र्ााहोइन, यथार्थ हो। इलामलाई नजिकबाट चिन्नेहरूले यहाँको परिचय पनि राम्रोसँग पाएका छन्। इलाम नेपालका लागि एउटा आर्थिकस्रोत र साधनको खानी हो अनि गौरवगाथा पनि हो। बाहिरी आक्रमणको बचाउका लागि सिक्किमबाट इलामको सीमानामा आएर बसेका लेप्चाहरूको देन समग्र राष्ट्रका लागि प्रशंसनीय छ। यिनीहरू इलामका गहना हुन्। लोपोन्मुख आदिवासी जाति भएकाले पनि विश्वबाट लेप्चाहरूको अनुसन्धान गर्न अनुसन्धानकर्ताहरू इलाम पुग्ने गर्छन्, जसका कारण इलामको पर्यटनक्षेत्रलाई थप टेवा पुगेको छ। तर लेप्चाहरू हाल आएर उपेक्षित वन्दै गइरहेका छन्। यिनीहरूको संरक्षण गर्न सायदै कसैले ध्यान पुर्याएको छैन। प्राकृतिक छटाहरूले भरिपूर्ण डाँडाहरू हरियो चियाले भरिएका छन्। त्यहाँबाट राष्ट्रिय आम्दानी, स्थानीय स्तरमा रोजगारी, इलामेको जीवनस्तरमा क्रमिक सुधार र पर्यटकीय विकासजस्ता विषयले दिनदिनै सुधार लिदै छन्। यस्ता सम्भावनाहरू इलाममा प्रशस्त छन्, जहाँबाट राष्ट्रले वाषिर्क करोडौं रूपैयाँ आम्दानी किलइरहेको छ। सम्भावना र सम्भाव्यताहरू प्रशस्त भए पनि इल्ाामका लागि योजनाहरू अपुग छन्। सरकारले इलामका लागि कहिले पनि सम्भावनाअनुसारको योजना तर्जुमा गर्न सकेन। छुट्याइएको योजना पनि लक्षित स्थानमा पुग्न सकेन। इलाममा जन्मेर राजधानीमा ठुलै ओहदामा पुगेका इलामेहरूले जन्मथलोका लागि खासै प्रभावकारी योजना भित्र्याउन सकेनन्। यो इलामका लागि गरिएको ठूलो उपेक्षा हो। अन्तत : इलामका लागि रित्तो हात भयो र इलाम ठगियो । वाषिर्क करोडौं रूपैयाँ आम्दानी दिने चिया क्षेत्र अहिले तहस नहस जस्तो भएको छ। कृषकले लगानी अनुसारको फल पाउन सकेका छैनन्। अधिकांश चिया कृषकहरूलाई राष्ट्रले ऋणी बनाएको छ । विदेशले चियाका लागि दिएको सहयोग लक्षित काममा लाग्न सकेको छैन। डलरको लोभमा र्याल चुहाउँदै च्याउसरि उम्रिएका अत्यधिक चियाका संस्थाहरूले व्यक्तिगत दुनो सोझ्याउनु वाहेकअरू केही गर्न सकिरहेका छैनन् । चियाको स्थिति भयावह नै छ। पर्यटकीय स्थलहरूको हालचाल त अझ ब्रि्रँदो छ। त्यसलाई संरक्षण, सर्म्बर्द्धन र चर्चा(परिचर्चामा ल्याउन सरकारको सहयोग पुग्दो छैन। कहिले अस्ताउँदै र कहिले खुल्दै गर्ने इलामको पर्यटन सूचना केन्द्रले हालसम्म सरकारबाट कुनै सहयोग पाएको छैन। राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका पर्यटकहरू इलाम पुग्दा रोमाञ्चित त हुने नै भए तर त्यहाँको बारेमा जानकारी दिने भरपर्दो माध्यम नहुँदा पर्यटकहरू भारतको दार्जिलिङ जानुपर्ने वाध्यता छ। राष्ट्रकै नमुना ग्रामीण पर्यटकीय स्थलको रूपमा परिचित अन्तु डाँडो भौतिक पर्ूवाधारको अभावमा ओझलिंदै छ। त्यहाँसम्म पुग्ने सडक लाखौं रूपैयाँ खर्च भइसक्दा पनि जस्ताको त्यस्तै छ। अन्य भौतिक पर्ूवाधारहरूको अभाव पनि उस्तै छ। सन्दकपूर भारतको कब्जामा पर्नै लागेको सरकारलाई थाहा छैन। त्यहाँ विकासको त कुनै निसान पनि छैन। भारतको वाहुल्य रहेको सन्दकपूरवासीलाई कतिखेर भारतीय भइने हो भन्ने चिन्तामा पर्नुपर्छ। सरकारले नेपालबाट पशुपतिनगर नाका हुँदै भारत घुम्न जाने पर्यटकहरूका लागि अध्यागमन विभाग स्थापना नगर्दा पर्यटकले भारतीयबाट अनेकन कष्ट झेलिरहेका छन्। कन्यामको मिर्मिरे डाँडो सूर्योदयका लागि जति चर्चामा आयो, त्यसअनुरूप सरकारले हालसम्म पनि ढल्न आँटिसकेको सामान्य टावरबाहेक केहीपनि वनाउन सकेन। यसमा स्थानीयवासीको पनि कम चासो हुनु प्रमुख कारण भन्नु पर्छ। हरेक क्षेत्रको विकासका लागि स्थानीयवासीको सक्रियता र चासो नितान्त आवश्यक पर्छ। हाँगेथाम, माङ्मालुङ्ग, सिद्धिथुम्का, पाथीभरा, गजुरमुखी, टोड्के झरनाजस्ता चर्चित पर्यटकीय स्थल सरकारको उपेक्षाका कारण हराउने स्थितिमा पुगिसके। माईपोखरीको गुरुयोजना सफल हुनुभन्दा पनि थलिन लागिसकेको छ। इलामका ११ ‘अ‘ ले उचित वजार पाउन सकेका छैनन्, जसका कारण समग्र इलामेलाई ठूलो घाटा भएको छ। चर्चित पर्यटकीय स्थलहरू पाथीभरा, माङ्सेवुङ्ग, गजुरमुखी, सिद्धिथुम्का, टोड्के झरना, हाँगेथाम, झयाउँपोखरी, गुफापाताल डाँडो, हाँसपोखरी, सेतीदेवी, आदिले विकास र प्रचारप्रसारको अभावमा चर्चा पाउन सकेका छैनन्।सम्भावनाअनुसारको उपलब्धि इलामले हासिल गर्न सकेको छैन। इलामेको मेहनतअनुसारको उपलब्धि कम छ। जनताले जिताएर सरकारमा सामेल गराएका नेताहरूले आश्वासनवाहेक अरू कुनै काम गर्न सकेका छैनन्। नेताले अव इलाम र्फकनुको कुनै औचित्य नै देखिँदैन। यस्तै हो भने विदेशीको मुख ताक्नु र सरकारको आशामा पर्नु अबचाहिँ इलाम र इलामेका लागि बेकार छ। प्रकृतिले वरदान दिएको इलामका लागि अब इलामे एकताको खाँचो पर्न थालेको छ। पर्यटकीय विकास अनि सामाजिक, शैक्षिक तथा आर्थिक उन्नतिका लागि समग्र इलामेको एकता जरुरी छ। एकताले नै इलामको समग्र विकासका लागि भरपर्दो टेवा पुर्याउँदछ।अव कन्यामका डाँडाहरूमा रिसोर्ट, होटल तथा लजहरू स्थापना गरेर पशुपतिनगरबाट भारतीय मार्ग प्रयोग नगरी नेपाली मार्ग स्थापना गरेर सन्दकपूरसम्म जाने पर्यटकीय मार्ग स्थापना गर्नु इलामेको जिम्मेवारी हो। माईखोला र माईपोखरीमा डुङ्गासयर गराउनु, ऐतिहासिक मेग्मा, चित्रे, बौद्धधाम बौद्धगुम्बाहरूलाई संरक्षण गर्नु, व्यापारिक बजारहरू फिक्कल, मंगलबारे, नयाँबजार, चिसापानी, कुटिडाँडा, पञ्चमी, शुक्रवारे आदिलाई व्यवस्थित वनाउनु समग्र इलामेको जिम्मेवारी हो। गोर्खेको इतिहास खोजेर त्यस स्थानमा पर्यटकहरूका लागि गन्तव्य वनाउनु पर्छ। सन्दकपूरमा विदेशी पर्यटकहरूको ओइरो लाग्ने गर्छ त्यहाँ प्रशस्त सुविधाहरू भित्र्याउनु पर्छ। त्यतिमात्र नभएर कृषिजन्य सामग्रीहरूको बजारभाउ खोज्न र ग्रामीण स्तरमा नै स्थापना गर्न सकिने सानातिना कलकारखाना खोल्न सकिने सम्भावनाहरू खोज्न इलामेको एकताको खाँचो छ। नाम्सालिङ्गको सुन(खानी, जिर्मलेको तेल खानीलाई भरपर्दो अनुसन्धान गरेर त्यसबाट जिल्लाका लागि केही आर्थिक स्रोत जुटाउनु आवश्यक छ। हरेक नागी, फाँट र देउरालीलाई सदुपयोग गरेर इलामको विकास गरिनर्ुपर्छ। स्रष्टाहरूले आफ्ना सिर्जनामार्फ् इलामलाई चिनाएकाले उनीहरूको सम्मान गनु नितान्त आवश्यक छ। स्रष्टाहरूको नाम र कला बेचेरै भए पनि इलामका लागि सहयोग जुटाउने कसरत इलामे युवाको काँधमा आइपरेको छ। आफनो र्स्वर्गजस्तो जिल्लालाई सकारात्मक सोंच र शक्तिको प्रयोग गरी एकमुठी भएर नमुना जिल्ला बनाइनर्ुपर्छ। यो कार्य देश(परदेशमा रहेका इलामेहरूको एकताले मात्र सम्भव देखिन्छ। द्वन्द्वको अवधिभर विकासका पर्ूवाधारहरू निर्माण हुन सकिरहेका थिएनन्, तर अव आफ्नो स्थानको स्वतस्फर्ूत रूपमा विकासका लागि कसैको अवरोधको सामना गर्नुपर्ने छैन। स्थानीय जनशक्ति स्थानीय स्तरमै परिचालन गरेर इलामको स्वरूप बदल्न सक्नर्ुपर्छ ताकि जोसुकैले इलामको वर्ण्र्ाागर्न अप्ठ्यारो मान्नु नपरोस् र सवैका लागि ‘र्स्वर्ग जस्ता इलाम‘ बनोस्। त्यसैले अबको ‘नमुना इलाम‘ निर्माणका लागि इलामेको एकता अत्यन्तै खड्किएको महसुस हुन थालेको छ।