टङ्क के.सी.मेची अञ्चल इलाम जिल्ला तोभाङ गाउँको पुछारमा देउमाई खोला किनार पहरोमा गजुरमुखी देवीको धाम अवस्थित छ।सन्तान दायिनी, वाक्य दायिनीभनी चर्चित यी देवीको धाम इलाम सदरमुकामदेखि १३ केाष पश्चिमको दूरीमा रहेको छ। यस पुण्य स्थानको नामबाट नाङरुङ्ग र तोभाङ गाउँ मिलाएर गजुरमुखी गा.वि.. नामकरण भएको हो। यहँा प्रत्येक वर्षकार्तिक पूणिर्मा र शिवरात्रीको पावन अवसरमा ३ दिनसम्म धुमधामका साथ मेला लाग्ने गरेको छ। त्यो अकरे भीरमा उहिले ठूला ठूला अजिंगर, नागहरू बस्थे रे। जसलाई देवी कै रूपमा वा नागकन्या मानिन्थ्यो। टाउकोमा मणि रहने भाग जसलाई गजुर र अगाडि मुख भएको कारणगजुरमुखीनाम रहन गएको बुढापाकाहरू बताउँछन्। यी देवीलाईगजुरमुखी सिंहदेवीपनि भनिन्छ, जसको तार्त्पर्य तीनपाटे गजुर आकारको देवीको शिला भएको र देवीको बाहन सिंह भएकाले यसो भनिएको हुन सक्ने धामका पुजारी बताउँछन्। उक्त धामको पुजारी उहिलेदेखि लिम्बू जातिका योङहाङ्ग थर रही आएको पाइन्छ। गजुरमुखी देवी उत्पत्तिबारे रोचक किम्बदन्ती यस्तो पाइन्छ : उहिल्यै झन्डै २५० वर्षपहिले हालको गजुरमुखी गा.वि.. भवनसँगै केही माथि वडा नं. ४ मा नासुहाङ योङहाङ लिम्बू नामक एक सामान्य किसान परिवार बस्थे। उसका छोरा गजीतहाङ, चतुरमान, बाजवीर, शाहनन्द, जालहाङ, नालहाङ नामका ५ जना छोराहरू थिए। ती मध्ये माहिला बाजवीरको जन्म वि.सं. १८१७ साल आश्विन २३ गते मंगलबार (२४७ वर्षपहिले) का दिन भएको थियो ( जो स्पष्ट बोल्न नसक्ने लठेब्रो थिए। तिनको विवाह १५ वर्षो उमेरमा भएको थियो। १६ वर्षो हुँदा बाजवीर फेदाङवा (दियारी) उत्रेका थिए। १९ वर्षो उमेरमा वि.सं. १८३६ कार्तिक शुक्लपक्ष चतर्ुदशी तिथी सोमबारका दिन बाजवीर घरमा कसैलाई थाहै नदिई अचानक अल्पिए। परिवारले केही समय सम्म बाटो हर्ेदा पनि नआएपछि आफन्तहरू सहित लागेर सारा खोजी कार्य भयो। तर कतै पत्ता लागेन। त्यसबखत देउमाई खोला परिसरमा गाईवस्तु चराउने, गोठ बस्ने गोठालाहरूको ठूलो चहल पहल हुन्थ्यो रे। खेतीपाती गर्न मलिलो, पाखाभित्र गौचरनको निम्ति घस्याईलो, प्रकृतिले त्यो क्षेत्र रमाइलो पनि थियो। त्यो पहराको ओडारमा एक भीमकाय अजिंगर बस्थ्यो। ग्वाला गोठालाहरू त्यो देखेर साह्रै डराउथे। तर्सथ तिनीहरूले बेलाबखत आफू र गाईवस्तुको रक्षार्थ पुजा(आराधना गरी अजिंगरको मान(सम्मान गर्थे। केही दिन पछि त्यो अजिंगर त्यहाँबाट एकाएक लोप भयो। कहाँ गएछ भनी गोठालाहरू ओडारमा हेर्न जाँदा एक अति सुन्दरी षोडशी कन्याकुमारी देखा परिन्। गोठालाहरूले देख्नासाथ ती कन्या अन्तर ध्यान भईन्। अनि क्या गजब ! ३ महिना अघिदेखि हराएको बाजवीर सोही ओडारभित्र ढुंगालाई अँगालो हालेर सुतिरहेको अवस्थामा गोठालाहरूले भेटे। यो खबर बाजवीर परिवार र गाउँभरी फैलियो। म देवी हुँ, मेरो पूजा(आराधना गर, मनले चिताएको पुर्याइदिउँलाभनी उक्त स्थानमा बाजवीरलाई त्यतिञ्जेल लिएर राखी पालनपोषण गरेको, ज्ञानगुणका कुरा सिकाएको भन्ने रहस्य आफन्तले बाहिर ल्याएपछि बाजवीरले बताइदिए। त्यस बखत बाजवीरको बोली स्पष्ट खुलेको थियो। तब यहाँ देवीको बासस्थान रहेछ भनी सबै छरछिमेक गाउँघर मिलेर उक्त पुण्य स्थनलाई सफासुग्घर गरी देवी स्थापना गरेर पूजासामग्री जम्मा गरी पूजापाठ गरे। पछि देवीको नाम गजुरमुखी राख्ने काम भयो र सो देवीथानका पुजारी बाजवीर नै रहन थाले। उनैले बेला बखत पूजाअर्जना गर्दैरहे। गजुरमुखी गएर पूजा भाकल गरे। देवीबाट लाटालठेप्रा भई नबोल्ने बालबालिकाहरू बोल्ने र सन्तान नहुनेहरूका सन्तान हुन थाले। गरिबले सम्पत्ति मागे पाउन थाले। एक कान दुई कान मैदान हुँदै यो शुभ खबर टाढा टाढासम्म फैलियो र भक्तजनहरको क्रमशः ओइरो लाग्न थाल्यो। एकादशी तिथिबाहेक शनिबार, मंगलबार पुजारीबाट निम पूजा (इष्टदेवी पूजा) गर्न थालियो। देवीलाई पशुपंक्षी बलि पनि दिने परम्परा रहृयो। सो धामभित्र देवीले बाजवीरलाई लिएर गएको र गुफा बसेको नीति मिलाएर धर्मावलम्बीहरूको चाप र चाहनाअनुसार कार्तिक शुक्ल चतर्ुदशीका दिन पुजारी र भक्तजनहरूबाट एक भव्य रूपमा पूजाअर्चना गर्ने र बलि चढाउने परम्परासहित मेला लाग्न थाल्यो, जसलाई गजुरमुखी मेला वा कार्तिक पूर्र्णो मेला भनिन्छ। यो मेला गाईतिहारे औंसीपछिको पूर्ण छेकमा लाग्छ। शिवरात्री मेलाको परम्पराचाहिँ अर्ढाई दशक अघि मात्र शुरु भएको हो। वि.सं. १८६१ कार्तिक २३ गते (४४ वर्षो उमेरमा) पुजारी बाजवीरको दुःखद निधन भयो। गुरु बाजवीरका केही सन्तानहरू सो तर्ीथ स्थललाई सरेक पारेर उहिल्यै पाटीगाउँ मालवँासे बेंसीमा बर्साई सरेका छन्। बाजवीरको शेषपछि वंशज बन्धुहरू पुजारीको रूपमा काम गर्दै आएको पाइन्छ। आजसम्म २१ जना पुजारीले गजुरमुखी धाममा सेवा गर्ने मौका पाइसकेको तथ्याङ्क पाइन्छ। यस मध्येका जलवीर लिम्बू तान्त्रिक ज्ञानका सिद्धि प्राप्त फेदाङवा थिए। जसको मन्त्रले बाघभालु डाकेर ल्याउने र फिर्ता गर्ने, बज्र पार्ने, ज्योतिष आर्जे हेर्ने, भूत मसान खेलाउने जस्ता अनौठो चमत्कार प्रदर्शन गर्थे रे। उनैले गजुरमुखी घाम प्रवेशद्वारको शिर दायाँपट्ट िभागमा बाजवीर नामक शिला भनी देउमाईको बगरबाट शिला छानेर ल्याई स्थापना गरेका थिए, जसलाई पुजेर मात्र भित्र थानमा पुज्ने नियम यिनैले चलाएका थिए। अरू पनि २।४ जना पुजारीहरू फेदाङवा भएका थिए। मेलापर्वबाहेक अन्य समयमा तागाधारी साधु (बाहुन जाति) पूजापाठ र भक्तजनको सहयोगार्थमा धाममा एक जना निरन्तर रूपमा रहँदै अएका छन्। मेलाको अवसरमा भक्तजनबाट भाकल गरी बलिका निम्ति ल्याएका बाँकी परेवाको टाउको सबै थानैमा चर्ढाई राखिन्छ। पूजाको कार्य विर्सजन भएपछि आफूलाई उचित र ठीक मात्र पुजारीले राखी सबै बाँकी फलफूल, भेटी, चामल, टाउको आफन्तलाई बाँड्नु पर्छ। अनावश्यक तवरले लोभ लालसा गरी लुकाइ छिपाई राखे पुजारीलाई खति हुने गर्छ भनिन्छ। उहिले बाजवीरले प्रयोग गरेको घण्टी अझै धाममा देख्न सकिन्छ। पुजारीले सो घण्टी बजाएर गणना गर्दा उपस्थित कतिपय रोगीहरूलाई फाइदा भएको कुरा पूर्व गजुरमुखी गा.वि.. अध्यक्ष तथा हालका पुजारी खलक खडकबहादुर योङहाङ लिम्बू बताउँछन्। हाल ती पुजारी खलकहरू मिलेरश्री गजुरमुखी धाम वंश परम्परा पुजारी समितिगठन गरेका छन्। १२/१४ घर भई फैलिएका ती प्रत्येकले घरका १ जना पदेन सदस्य रहने नीति बनाएका छन्। गजुरमुखी धामसम्म जानलाई हाल इलाम सदरमुकामबाट मंगलबारे बजार हुँदै धुसेनीबाट मन्दिर निकटसम्म पुग्ने मोटरबाटो निर्माण भएको छ भने झापा दमकबाट (५२ कि.मि.) चिसापानी पञ्चमी भएर रवी बजार जाने बाटो छोडी पाङ्तुवा हुलाकबाट नाङरुङ्ग गजुरमुखी झर्ने मोटर बाटो भरखरै तयार भएको छ। धाम मन्दिर क्षेत्रमा साधुसन्त बस्ने कुटी, धर्मशाला, खानेपानी धारा, सिंढी, बाटोको राम्रो व्यवस्था भएको छ। आजकल त देवीथान परिसरमा खेतीपातीका साथ घर, पसल, थुप्रै बनेका छन्। सरकारी स्कुल, निजी बोर्डिङ्ग स्कुलहरू सञ्चालित छन्। ७/७ दिनमा बजार पनि लाग्न थालेको छ। देवीको शिर डाँडावरिपरि विभिन्न जातका फलफूलका बगैंचा र प्राकृतिक हरियालीले यो क्षेत्र ज्यादै चित्ताकर्ष मनोरम र सुन्दर लाग्छ। पर्यटन विकासका निम्ति यो स्थान उत्कृष्ट लाग्छ। यस्तो पुण्य तर्ीथलाई सम्बन्धित पक्षले संरक्षण, सर्म्बर्धन तथा उत्थान गर्दै जानु पर्ने देखिन्छ।