-रविन्द्रनाथ भट्टराई

 . भूमिका सर्वप्रथम त यो लेखको शीर्षक देख्ने बित्तिकै कसैलाई छुन सक्छ त कसैलाई छुन सक्दैन वा कसैको खै मलाई त थाहा छैन भन्ने किसिमका विचारहरू दिमागमा तरङ्गति हुन्छन् होला भन्ने यस लेखकले अनुमान गर्दछ। गैह्र इलामेहरूका बीचमा भने यो लेखका बारेमा सकारात्मक वा नकारात्मक दुवै विचारहरू उत्पन्न हुन सक्लान्। साथै यो सानो अर्थात् छोटो लेखले पाठक सबैमा यस्तो किसिमको कौतूहल पैदा गरोस् जसले इलाम जिल्लालाई पर्यटकीय जिल्ला बनाउन आ(अफनो क्षेत्रबाट कस्तो योगदान गर्न सक्छु भन्ने भावना वा विचार प्रस्फुटित गराओस्। . परिभाषा र्पर्यटनलाई अंग्रेजीमा Tourism भनिन्छ। अंग्रेजीको Tourism फ्रेन्च भाषाको Tourismeशब्दबाट बनेको पाइन्छ। कुनै पनि व्यक्ति आफ्नो निवास छोडेर अन्य स्थान वा मुलुकतर्फ आराम गर्न, आरामदायी छुट्टी बिताउन, स्वास्थ्योपचार,अध्ययन वा व्यापार, पारिवारिक मिलन आदिका लागि जान्छ भने उसलाई पर्यटक भनिन्छ। माथि उल्लिखित गतिविधिहरूको लागि कुनै व्यक्ति अर्को ठाउँ वा मुलुकमा कम्तिमा एक रात बिताउँछ भने उसलाई पर्यटक भनिन्छ भनेर विश्व पर्यटन संगठनले व्याख्या गरेको पाइन्छ। यस्ता पर्यटकहरूले आफनो भ्रमणको क्रममा गर्ने, व्यापारिक, शैक्षिक, मनोरञ्जनात्मक, खेलकुद, स्वास्थ्योपचार आदि सम्बन्धी सम्पूर्ण गतिविधि तथा उनीहरूको आतिथ्य स्विकार्ने ठाउँ वा मुलुकका तर्फबाट उनीहरूको चाहना पर्ूर्तिका लागि गरिने सम्पूर्ण व्यवस्था र त्यसबाट उत्पन्न हुने सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका सम्पूर्ण परिणामहरूको समष्टि रूपलाई नै पर्यटन भनिन्छ। देशको चौतर्फी विकासका लागि पर्यटन व्यवसाय एक बलियो आधार स्तम्भ भएको कुरालाई मध्यनजर राख्दै विश्वका प्रायः सबै देशहरूले यसलाई उद्योगको रूपमा अगाडि बढाइसकेका छन्। . इलामको सामान्य परिचय साधारण रूपमा हालको नेपाल राज्यको पर्ूवाञ्चल विकासक्षेत्र अर्न्तर्गत मेची अञ्चलका ४ वटा जिल्लामध्ये इलाम एक पहाडी जिल्ला हो। इलाम जिल्लाको दक्षिणमा झापा, पश्चिममा धनकुटा, उत्तरमा पाँचथर जिल्ला र पूर्वमा छिमेकी देश भारतको दार्जिलिङ्ग पर्दछन्। सूर्योदयको जिल्ला भनेर पनि यस जिल्लालाई चिनिने गरेको पाइन्छ। नेपालमा राणा शासनकालमा नै चिया कमान स्थापना गरेर चियाखेतीको लागि पनि कहलिएको जिल्ला इलाम हो भन्दा अत्युक्ति नहोला। . इलाम जिल्लाको पर्यटन पर्ूवाधार तथा व्यवस्थापन .१ पहुँच सामान्य रूपमा झापा जिल्लाको विर्तामोडबाट लगभग ४(५ घण्टाको सवारी यात्रामा इलाम जिल्लाको सदरमुकाम इलाम पुगिन्छ। भारतको दार्जिलिङ जिल्लाबाट पनि नेपालको सीमाना पशुपतिनगर हुँदै इलाम जिल्लाको फिक्कलसम्म पुग्ने कालोपत्रे सडकले इलाम सदरमुकाम जोड्न सहयोग पुर्याएको छ। यसबाट नेपालमा भारतीय पर्यटकको संख्या निकै बढ्ने देखिन्छ। .२ वासस्थानको सुविधाइलाम जिल्लाका विभिन्न स्थानहरूमा स्तरीय पर्यटकीय वासस्थानको सुविधा सीमित रहेको छ। जिल्लाको सदरमुकाममा केही स्तरीय होटल तथा लजहरूको व्यवस्था भएको पाइन्छ भने जिल्लाका अन्य ठाउँहरूमा सोहीअनुसारका होटल तथा लजहरूको उचित व्यवस्थापनमा आगामी दिनमा अझ बढी ध्यान दिनुपर्ने देखिन्छ। .३ पदयात्रा मार्गको विकास तथा विस्तार जिल्लामा अवस्थित विशिष्ट पर्यटकीय स्थलहरूलाई मध्यनजर गर्दै हालसम्म नेपाल सरकार वा स्थानीय निकायले औपचारिक रूपमा पदयात्रा मार्गको निक्र्योल गर्न सकेको पाइँदैन। आगामी दिनमा पदयात्रा मार्गको नामाकरण र विशिष्टता कायम गरी पर्ूवाधारको विकास गर्न सके यूवा जमातलाई आकषिर्त गर्न सकिन्छ। यस्तै पदयात्रा मार्गका विभिन्न स्थानमा उचित र पर्याप्त विविध सुविधाहरूको पनि व्यवस्था गर्नुपर्ने आवश्यकता खट्किएको पाइन्छ। एकै दिनमा पूरा गर्न सकिने र २।३ दिनदेखि एक हप्तासम्मका पदयात्रा मार्गको विकास र विस्तार गर्न सके आन्तरिक पर्यटनलाई पनि बढावा दिन सकिने प्रबल सम्भावनाहरू रहेका छन्। .४ अन्य पर्ूवाधारहरूइलाम जिल्लामा आधारभूत विकासका संरचनाहरू अपर्याप्त रहेका देखिन्छन्। माइपोखरी, गजुरमुखी, सन्दकपुर, श्रीअन्तु, सिद्धिथुम्का जस्ता प्रमुख पदमार्गहरूको विकास तथा विस्तार गर्नु साथै पुल(पुलेसाहरूको उचित व्यवस्थापन गर्नु पनि समयको माग रहेको छ। विगतका दशकहरूमा विभिन्न विकासे संघ संस्थाहरूका साथै अन्तर्राष्ट्रिय गैह्र सरकारी संघ संस्था यहाँको विकासका लागि प्रयासरत रहेको भए तापनि जिल्लाका विभिन्न खानेपानी, पदमार्ग तथा पुलपुलेसाहरूको अवस्था र वैकल्पिक ऊर्जा तथा अन्य पर्ूवाधारको यथोचित विकास गर्नुपर्ने देखिन्छ। .५ सूचना तथा सञ्चार सुविधा सूचना एवं जानकारीको व्यवस्थित र निरन्तर प्रचारप्रसारको अभाव नै सायद इलाम जिल्लाको पर्यटनसँग सम्बन्धित सबैभन्दा कमजोर पक्ष जस्तो लाग्छ। जिल्ला विकास समितिको सूचना केन्द्रले वितरण गर्ने ब्रसर (परिचय पुस्तिका) ले इलाम जिल्लाका विशिष्टताहरूका बारेमा थोरै मात्र सूचना वा जानकारी प्रदान गर्दछ। विस्तृत रूपमा जिल्लाका विशिष्टताहरूलाई सूचना तथा सञ्चारका विविध माध्यमहरू प्रयोग गरी व्यापक रूपमा प्रचारप्रसार गर्नु समयको माग रहेको छ भन्दा अत्युक्ति नहोला। इलाम जिल्लाको प्रवेशद्वारा ब्यवस्थित रूपमा बन्न सकेको देखिँदैन। त्यहाँ कुनै पनि सूचना उपलब्ध हुने व्यवस्था पाइँदैन। पथप्रदर्शकहरूको तयारीमा पनि इलाम जिल्ला पछाडि परेकै छ। पथप्रदर्शनका नक्साहरू निजी क्षेत्रका प्रयासमा उपलब्ध हुन थालेको देखिन्छ तर उपलब्ध यस्ता नक्साहरू पनि अत्यधिक बनाउनु जसरी भइसकेको छ। पदयात्रा क्षेत्रको पदमार्गको अवस्था, उपलब्ध वासस्थानको सुविधा, मूल्य(सूची, सुरक्षा एवं आपत्कालीन अवस्थामा सूचनाका लागि आवश्यक संयन्त्र, पदयात्री घुम्ने क्षेत्रको सामाजिक तथा सांस्कृतिक अवस्थाको वस्तुस्थिति झल्काउने आधिकारिक सूचना तथा जानकारी सामग्रीहरू आदि उपलब्ध छैनन्। पर्यटन प्रवर्द्धनका उल्लिखित महत्त्वपूर्ण पक्षहरूमा हालसम्म आवश्यक ध्यान पुगेको छैन। जिल्लाका केही स्थानहरूमा सञ्चार सुविधा उपलब्ध छन्। जिल्लाका महत्त्वपूर्ण पर्यटकीय स्थलहरूलाई समेट्ने गरी सञ्चार सुविधामा ध्यान दिन सकिएको पाइँदैन। पर्यटकीय पहुँचमा सुधार एवं नवीकरण गर्न सञ्चार सुविधा अत्यन्त जरुरी हुन्छ। त्यस्तै स्वास्थ्य तथा सुरक्षाका दृष्टिकोणले आपत्कालीन अवस्थामा पदयात्रीहरूको आवश्यकतालाई पूरा गर्न पनि सञ्चारको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ। .६व्यवस्थापकीय पक्षहरूइलाम जिल्लाको पर्यटन व्यवसायलाई निजी क्षेत्रका पर्यटन व्यवसायीहरूले नै व्यवस्थापन गर्दै आएको पाइन्छ। इलाम जिल्लाको भ्रमण गर्ने पर्यटकको संख्या थोरै भए पनि यहाँ आउने पर्यटनका ठूला संस्थालाई माइपोखरी, टोड्के झर्ना, सन्दकपुर, श्रीअन्तु सम्मको भ्रमण र रात बिताउने व्यवस्था गर्न सके पर्यटकीय आकर्षालाई बढावा दिन सकिन्छ। जिल्लाका विभिन्न जातजाति, जनजातिहरूको सांस्कृतिक पक्षलाई पर्यटक समक्ष प्रस्तुत गर्न सके धार्मिक तथा संास्कृतिक पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने देखिन्छ। वास्तबमा व्यवस्थापकीय पक्षले नै प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भनी इलामको बजारीकरणका लागि पहिचान प्रस्तुत गर्न सक्छ। त्यसैले पर्यटन व्यवस्थापन गर्दा यसका माग र आपर्ूर्ति दुवै पक्षमाथि ध्यान दिनर्ुपर्छ। माग पक्षले पर्यटनद्वारा त्यस क्षेत्रका वातावरणीय, प्राकृतिक र सांस्कृतिक स्रोतहरूमा पर्ने दवावलाई जनाउँछ। त्यसैगरी आपर्ूर्ति पक्षले त्यस ठाउँमा पर्यटनलाई आर्थिक र वातावरणीय दृष्टिकोणले सम्भाव्य बनाउन पर्यटकहरूलाई आकषिर्त गर्ने सरचना र पर्ूवाधारहरूलाई जनाउँदछ। . पर्यटन क्षेत्रमा सहयोग पुर्याउने जिल्लास्तरीय संस्थागत संरचना विकासका मूलुकहरूमा इलाम जिल्ला औसत जिल्लाहरू भन्दा उच्च नै रहे पनि जिल्लामा पर्यटकहरू केन्द्रित हुने स्थानहरूमा संस्थागत विकासहरूको काम कम महशुस हुन्छ। पूर्णतया क्रियाकलापलाई सघाउन सरकारी एवं सरकारको प्रत्यक्ष/अप्रत्यक्ष सहयोगमा हुने संस्थाहरू सञ्चालन गर्नुपर्ने देखिन्छ। यस्ता संस्थाहरूको सहयोग र सघाउले पर्यटन व्यवसायलाई निरन्तरता दिन मद्दत पुग्छ। जिल्लाका विभिन्न स्थानमा पर्यटन सूचना केन्द्रको स्थापना गरी जिल्लाकेा पर्यटन व्यवसायको अनुगमन एवं सहयोग पुर्याउने जिम्मेवारीसहित कार्यालयको रूप नदिनु, प्रवर्द्धन एवं प्रचारप्रसारलाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डको समेत जिल्लामा उपस्थिति नहुनु दुखलाग्दो कुरा हो। यस्ता कमी कमजोरीलाई निराकरण गर्नका लागि निजी क्षेत्रको पनि सम्लग्नतामा सरकारी र गैह्रसरकारी क्षेत्रले समन्वयात्मक भूमिका निर्वाह गरी जिल्लास्तरीय संस्थागत संरचनाको विकास गर्न सके आगामी दिनमा इलाम जिल्लाको पर्यटन क्षेत्रलाई फैलाउन मद्दत पुग्ने देखिन्छ। योजनावद्ध रूपमा पर्यटन क्षेत्रको विकास गर्ने सिलसिलामा इलाममा खासै उल्लेखनीय प्रायसहरू भएको पाइँदैन। जिल्लाका अमूल्य सम्पदा र वरपरका अन्य क्षेत्रहरूसँग मिली संयुक्त रूपमा कार्यक्रम चलाइएको खण्डमा निक्कै आकर्ष गन्तव्यस्थलको रूपमा इलाम चिनिने कुरामा दुईमत देखिदैन। विकासका सम्भावनाहरूबारे विगतमा त्यति बढी ध्यान नपुगेको भए पनि सुधार एवं विकासका अवसरहरू अध्यापि विद्यमान छन्। . इलाम जिल्लाका सबल तथा दर्ुबल पक्षहरू इलामलाई पर्यटकीय जिल्ला बनाउनका लागि त्यहाँ अवस्थित विशिष्टताको पहिचान र प्रचार प्रसारले महत्त्वपूर्ण भूमिका खेल्छ। जिल्लाका धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका विविध पक्षलाई समेटी सबल, कमजोर पक्षक्रम र त्यसैगरी अवसर र जोखिम पक्षहरको पहिचान गर्न सके पर्यटन विकासमा यसले ठूलो सहयोग पुर्याउने देखिन्छ, जसलाई तलको तालिकामा उदाहरण स्वरूप केही बुँदाहरू मात्र उल्लेख गर्ने प्रयास गरेको छु। यस तालिकाका सम्बन्धित शीर्षकहरूमा पाठकले पनि आफूले जानेका बुँदाहरू थप गर्दै जान सकेको खण्डमा इलाम जिल्लालाई पर्यटकीय जिल्ला बनाउन गहकिलो योगदान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु। इलाम जिल्लाका सबल तथा दर्ुबल पक्षको विश्लेषणसवल पक्षदर्ुबल पक्ष() आकर्षा तथा पुँजी/सम्पत्ति() पहुँच/भौतिक पर्ूवाधार -अत्यन्तै तथा पुँजी/सम्पत्ति( केही स्थानहरू दर्ुगम तथा अपर्याप्त उद्देश्य -नौ कुने मनमोहक र सुरम्य माइपोखरी ताल ( जिल्लाका केही स्थानहरूमा खराब यातायात सुविधा -माइखोला (झापाका कन्काइमाईको नामले परिचित) को मुहानस्थित सन्दकपुर डाँडा, सूर्योदयको लागि पनि उत्तिकै लोकप्रिय स्थान( हवाइसेवाको व्यवस्था हुन नसक्नु। - जैविक विविधता/बोटविरुवा, प्राकृतिक भू(बनोट-)जागरुकता, ज्ञान तथा बुझने क्षमता - चितुवा, घोरल, रेड-पण्डा तथा अन्य दुर्लभ जनावर र पंक्षीहरू(स्थानीयस्तरको पर्यटनको बारेमा ज्ञान, जारुकता तथा सहभागिताको कमी - टोड्के झर्ना लगायतका नदीनालाहरू-तालिम प्राप्त दक्ष जनशक्तिको अभाव। - भौगोलिक तथा सांस्कृतिक विविधता भएको बृहत् क्षेत्र - स्थानीय उत्पादनको प्रवर्द्धनमा कमी। - विविध धर्म/संस्कृति प्राकृत, बौद्ध एवं हिन्दू धर्म - स्थानीयस्तरमा स्थानीय व्यक्तिहरूद्वारा सञ्चालित पदयात्रा सञ्चालन गर्ने संस्थाको अभाव। - चार्डपर्व रोपाईजात्रा, लाखेजात्रा, धाननाच, फूलपाती, बर्ढाई आदि) – पथ-प्रदर्शकहरूले कमी तथा भइरहेकाहरूमा पनि व्यवसायिकताको कमी। - चियावारी, कृषि उत्पादन आदिको व्यवसायिक खेती-)समन्वय संयोजन/सञ्जाल संस्थगत विकास () क्रियाकलापहरू( सरोकारवलाहरूबीच समन्वय संयेजनको कमी। - इलाम माइपोखरी-कालपोखरी सन्दकपुर पदयात्रा। - केन्द्रीय स्तरबट पर्यटन विकासको लागि आवश्यक सहयोग उपलब्ध हुन नसक्नु। - इलाम-नयाँबजार पदयात्रा- पर्यटन व्यवसायीहरूबीच आपसी सञ्जाल समन्वय तथा सहयोगको कमी। - इलाम-जमुना-सुकेपोखरी पदयात्रा- इलाम-सिद्धिथुम्का पदयात्रा- इलाम-मंगलबारे-गजुरमुखी पदयात्रा आदि। () पहुँच- वर्षौभरि सञ्चालन हुने कालोपत्रे मोटर बाटो। माथिको तालिकामा केही बुँदाहरूमात्रै समेटी तयार गर्ने कोशिस गरिएको छ। अवसर र जोखिम पक्षहरूलाई यो लेखमा समेट्न नसकिएकोमा आफैले पनि विभिन्न परिच्छेदहरूमा उल्लिखित कुराहरूलाई मनन गरी कार्यक्रम निर्माण तथा संयोजन गर्न सकेको खण्डमा इलाम जिल्ला पूर्वको एक लोकप्रिय पर्यटकीय गन्तव्यस्थलको रूपमा विकसित हुने सम्भावनालाई कसैले पनि नकार्न सक्दैन। (लेखक जनसंख्या अध्ययन केन्द्रीय विभागको फ्याकल्टी एसोसिएसन र पाटन संयुक्त क्याम्पस जनसंख्या अध्ययन विभागको विभागीय प्रमुख हुनुहुन्छ)।