-नरेन्द्र गुरूङ्ग
भूमिका :इलाम भन्नासाथ कृषिको नगदेवाली विकास गर्ने अग्रणी जिल्लाको रूपमा विगत एक/दुई दशकदेखि प्रख्यात स्थल भइरहेको अवस्थामा यसै जिल्लालगायत अन्य छिमेकी जिल्लाहरू पाँचथर र ताप्लेजुङलाई पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने पहलहरू सुरु भएको छ। यी जिल्लाहरूमा बजारमुखी कृषिव्यवसाय, व्यवसायिक रूपमा फस्टाउनाका साथै कृषिजन्य उद्योगहरू दिनानुदिन बढ्दै जानुले नेपालकै विकासमा यी जिल्लाहरूले एउटा सफल र विशिष्ट नमूना प्रस्तुत गर्दछ। साथै यी जिल्लाहरूमा पर्यटन विकासको प्रशस्तै सम्भावनाहरू छन्, जसलाई दिगोविकासको सोच राखेर विभिन्न पक्षहरूलाई सन्तुलित विकास गर्ने खालको पर्यटनविकासको अवधारणा विकास गर्न आवश्यक हुन्छ। सामान्यतया पर्यटन व्यवसाय भन्नासाथ, विदेशी मानिसहरू भ्रमणकालागि आउने र छिटो समयमा नै आर्थिक उपार्जन गर्न सकिने व्यवसाय भन्ने भान हुन्छ। त्यो स्वभाविकै पनि हो तर विदेशी मानिसहरू भ्रमणका लागि त्यत्ति सजिलै आउँदैनन् र आर्थिक उपार्जन गर्न त्यत्ति सजिलो पनि छैन। अझ गहिरिएर सोच्दा कस्ता प्रकारको पर्यटकहरू ल्याउने अर्थात् पर्यटन विकासको मोडेल कस्तो बनाउने, त्यसको व्यवस्थापन कसरी गर्ने, साथै त्यहाँ आवश्यक पर्ूवाधारहरू के के हुने र कसरी तयार गर्ने भन्ने कुरा ज्यादै महत्त्वपूर्ण रहन्छ। आयआर्जनको मात्र ध्याउन्नमा जे जसोे गरेर भए पनि पर्यटकहरूलाई ल्याउने खालको पर्यटन विकास भयो भने त्यसले अवश्यै पनि सामाजिक, सांस्कृतिक अनि पारिवारिक सन्तुलनलाई बिगार्दछ भने जैवीक विविधतालाई र पर्यावरणीय पक्षलाई अवश्य पनि क्षय गर्दछ। यसरी सफल पर्यटनविकास गर्नका लागि एउटा पक्ष, पर्यटकलाई कसरी सुविधा दिने भन्ने छ भने अर्को पक्ष स्थानीय स्तरको विकास कसरी सन्तुलित, र्सवपक्षीय र दिगो राख्ने भन्ने छ। यही सर्न्दर्भमा, प्रस्तुत लेखमा यी तीन जिल्लाहरूले पर्यटनविकास गर्दा के(कस्ता पक्षहरूलाई विचार पुर्याउनर्ुपर्छ भन्नेमा चर्चा गरिनेछ। १र्पर्यटकीय क्षेत्रको दायरा :(यी तीन जिल्लाहरूमा पर्यटनविकास भन्नासाथ पर्यटकहरूले एक जिल्लाको सीमाक्षेत्रमा मात्र सीमित रहेर घुमफिरको कार्यक्रम सम्पन्न गर्दैनन्। पर्यटकहरूको चाहना अनुरूप साथै पर्यटकीय क्षेत्र अर्थात् गन्तव्य स्थानको बर्गीकरणअनुरूप इलाम र अन्य छिमेकी जिल्लाहरू र भारतका भू-भागमा पर्ने मिल्दोजुल्दो ठाँउहरूलाई पनि एउटा प्याकेजको रूपमा पर्यटकीय गन्तव्य स्थानको विकास गर्नुपर्ने हुन्छ। कतिपय पर्यटकहरू इलाम जिल्लाभित्र मात्र सीमित हुन सक्दछन्, जस्तै नेपाल भित्रबाटै इलाम जिल्लाको कृषि विकासको अध्ययन भ्रमण गर्नेहरू यस जिल्ला भित्रमात्र सीमित हुन सक्दछन्। यस्तै इलामकेन्द्रित पर्यटनविकासको अर्को पक्ष भनेको ग्रामीण पर्यटन र राष्ट्रिय वा क्षेत्रीय स्तरको सभा सेमिनार, गोष्ठी र तालिमहरूको आयोजना गर्नु हो। इलाम जिल्लाको ज्यादै उपयुक्त मौसम, सदरमुकामसम्मको यातायातको सुविधा साथै प्राकृतिक सौर्न्दर्यताको आधारमा पनि यस्ता सभासम्मेलनको स्थल बनाइएमा आन्तरिक पर्यटनको विकास हुनर्ेर्ेे्रचूर सम्भावना रहेको छ। युरोप अमेरिका अथवा छिमेकी देश भारतबाट आउने पर्यटकहरूको सर्न्दर्भमा भन्ने हो भने उनीहरूको भ्रमण अवधिको आधारमा साथै भ्रमण गर्न चाहने ठाउँहरूलाई मध्यनजर राखी ३/४ दिनदेखि १/२ हप्तासम्मको प्याकेज बनाउनुपर्ने हुन्छ। यस अवस्थामा इलाम, पाँचथर ताप्लेजुङ्ग अथवा भारतको दार्जिलिङ्ग, मिरिक वा सिक्किमलाई समेत समेटेर त्यही अनुरूपको भ्रमणका प्याकेज बनाउनु पर्नेहुन्छ। यी तीन जिल्लाहरूमध्ये भौगोलिक क्षेत्रको हिसाबले ताप्लेजुङले सबैभन्दा ठूलो क्षेत्र ओगटेको छ (३६४६ वर्ग कि.मि.)। पाँचथर र इलामको भू-भागलाई जोड्दा (२९४४ वर्ग कि.मि.) पनि ताप्लेजुङ्गको हाराहारीमा पुग्नलाई ५ प्रतिशतले कम हुन आउँछ भने जनसंख्याको आधारमा हेर्ने हो भने ताप्लेजुङ्गले तीन जिल्लाको कुल जनसंख्या मध्ये लगभग २२ प्रतिशतमात्र समेटेको छ। जिल्लागत हिसाबले जनसंख्याको बाँडफाँट हर्ेदा यी तीन जिल्लामध्ये इलामले ४६, पाँचथरले ३२ र ताप्लेजुङ्गले २२ प्रतिशत जनसंख्या समावेश गरेका छन्। र्पर्यटकीय दृष्टिकोणबाट हर्ेदा अवश्य पनि ताप्लेजुङ्ग जिल्लाले अतुलनीय रूपमा विशिष्ट भूमिका निर्वाह गर्दछ। विश्वकै दोश्रो अग्लो हिमशिखर कञ्चनजङ्घालगायत अन्य स(साना हिमालहरू यहाँ छन् भने ठूलो भू-भाग भएको हुनाले जैविक विविधताको हिसाबले सम्भवतः ताप्लेजुङ नेपालकै एक नम्बरमा पर्दछ। प्राकृतिक सौर्न्दर्य र जैवीक विविधताले सम्पन्न भएको हुनाले नै यस भेगमा अन्तर्राष्ट्रिय दातृ निकायहरूको सहयोगमा विगत केही वर्षता विविध परियोजनाहरू सञ्चालनमा आइरहेका छन्। यी संरक्षित क्षेत्र र प्राकृतिक श्रोतहरूलाई गरिबीनिवारण र स्थानीय जनताको दिगोविकासको रूपमा रूपान्तरित हुनुपर्ने अवस्था आइपुगेको छ।उच्च हिमश्रृङ्खलाहरू, अत्यन्तै सम्पन्न जैविक विविधता र बजारमुखी व्यावसायिक कृषिविकासको थालनीलाई मध्यनजर राखी यी तीन जिल्लाहरूमा अब भने पर्यटनको विकास सुरुवात गरेको खण्डमा यस भेगको विकासले तेश्रो आयामको गति लिने निश्चित प्राय छ।यर्सथ कुनै एक जिल्लाले पर्यटन विकासको थालनी गरे पनि छिमेकी जिल्लाहरू वा भारतीय भू-भागसँग समन्वय गरी पर्यटकीय क्षेत्रको दायरा जिल्लाभन्दा अझ बाहिरसम्म फैलाएर मात्र सफल र पूर्णरूपको पर्यटकीय विकास गर्न सकिन्छ। र्पर्यटकीय क्षेत्रको दिगो र प्रभावकारी रूपमा विकास गर्ने क्रममा, पर्यटकहरू साधारणतया कुन(कुन देश वा क्षेत्रहरूबाट आउँदछन् वा ल्याउन सकिन्छ र सोही अनुरूपको व्यवस्थापन गर्न सकिन्छ ( जस्तो समुद्रपारका पर्यटकहरू, र्सार्क क्षेत्रका वा मुख्यतः भारत, बंगलादेशका पर्यटकहरू, स्वदेशी पर्यटकहरू आदि। त्यस्तै भिन्नाभिन्नै उद्देश्य राखी घुमफिर गर्न आउने स्वदेशी पर्यटकहरूलाई उनीहरूको इच्छाअनुरूपको केही धार्मिक स्थलहरू र विकासका परियोजना मार्फ् आउने पर्यटकहरूलाई सोही अनुरूपको यस क्षेत्रमा भएको विकासका प्रयासहरू देखाउन सकिन्छ। त्यस्तै भारतको पश्चिमबंगाल र बंगलादेशबाट पर्यटकहरू ल्याउनुपर्दा उनीहरूको चाहनाअनुरूप गन्तव्य स्थलहरूको विकास गर्नुपर्दछ। अर्का तर्फसमुद्रपारका देशहरूबाट आउने पर्यटकहरूका लागि हिमालयको दृश्य, ग्रामीण पर्यटन, (Eco Tourism) आदिको विकास एवम् प्रकारले गर्न सकिन्छ। २.भौतिक संरचनाको विकास :(इलाम जिल्लाहरूले हालसम्म जे(जस्तो ख्याति कमाएको छ, त्यसैअनुरूपको पर्यटकीय स्तरको होटल, लज र रेष्टुराँहरू भने पटक्कै छैन भन्नुमा कुनै अतिशयोक्ति हुँदैन। इलाम बजारमा जे(जति होटलहरू छन्, ती त केवल बसका यात्रुहरूलाई यात्राको क्रममा एक/दुई रात बास बस्ने खालका मात्र छन्। र्पर्यटकीय स्थलहरूमा, पर्यटकहरू कुन देशबाट आएका छन्, त्यस अनुसार उनीहरूकोे स्तर र चाहनाअनुरूपको तर नेपाली तौरतरिकाले बनाइएको सफा सुग्घर होटल र लजहरू आवश्यक हुन्छ। एउटा तथ्याङ्ग अनुसार पोखरामा मात्र चार सय होटलहरू छन् जसमा आठ हजारभन्दा बढी शैय्याहरू छन्। पोखरामा नै पर्यटकीय स्तरका ६३ भन्दा बढी रेष्टुराँ, ५५ वटा ट्राभल एजेन्सी र ४५ वटा टे्रकिङ्ग एजेन्सी रहेको कुरा पर्यटन कार्यालय पोखराले जनाएको छ। यी तथ्याङ्कले निश्चय नै यस भेगमा होटल तथा लजहरू के(कति मात्रामा बनाउनुपर्ने रहेछ भन्ने कुरालाई सङ्केत गर्दछ। इलामबाट सबैभन्दा नजिकको एयरपोर्ट झापाको चन्द्रगढीमा अवस्थित छ, जहाँबाट इलाम पुग्न झण्डै ३/४ घण्टा मोटरबाट यात्रा गर्नुपर्छ। यदि तेश्रो मुलुकको पर्यटक भित्र्याउने हो भने भने र्सवप्रथम त चन्द्रगढीको उडानको Frequency बढाउनुपर्ने हुन्छ। ताप्लेजुङमा हवाईयातायात शुरु भएको धेरै वर्षभइसकेको छ, तर त्यसलाई नियमित र व्यवस्थित गर्ने साथै पर्यटकीय दृष्टिले पनि संचालन गर्ने पक्षमा धेरै कामहरू गर्न बाँकी नै छ। विगतमा जे(जस्तो अवस्थामा हवाइसेवा सञ्चालन भएपनि मुख्यतः यसले पर्यटनभन्दा दर्ुगम जिल्ला भएकाले जिल्लावासी यात्रुहरूलाई नै सेवा पुर्याएको हुनर्ुपर्दछ। अब ताप्लेजुङ्गलाई पनि मोटर बाटोले जोडिसकेको अवस्थामा हवाइयातायातको व्यवस्थापनमा पर्यटकीय दृष्टिकोणबाट पुनर्विचार गर्नुपर्ने सम्भावना देखिन्छ। स्वदेशी अथवा भारतीय पर्यटक विशेषतः कोलकत्ताबासीलाई त्बचनभत गर्ने हो भने बाटोको सुविधा यथेष्ट मात्रामा बढाउनुपर्ने हुन्छ। इलाम र यसका छिमेकी जिल्लाहरूको पर्यटकीय क्षेत्रहरूको पहिचान गरी उक्त स्थानहरूमा सहज रूपले आवत(जावत गर्ने उपयुक्त बाटोको सुविधा पुर्याउनु पर्दछ। ३.सरकारी नीति तथा कार्यक्रमहरू :(भारतीय भू-भागबाट इलामलगायत अन्य छिमेकी जिल्लाहरूमा तेश्रो मुलुकका पर्यटकहरूको आवगमनको व्यवस्था सहजरूपमा हुनर्ुपर्दछ। सहजरूपमा नै आवागमन गर्ने नाकाहरूको पहिचान गरी जस्तो पशुपतिनगर र सन्दकपुर वा अन्य भारतीय सीमा क्षेत्रबाट नेपाल प्रवेशगर्ने प्रावधान सहज रूपमा बनाइनु पर्दछ। र्पर्यटन विकासलाई मध्यनजर राखी त्यस सम्बन्धी भौतिक संरचनाहरूको निर्माण गर्ने नीति तथा कार्यक्रमहरू नेपाल सरकारले बनाउनु पर्दछ। साथै सरकारले निजी लगानीकर्ताहरूलाई पर्यटन विकासका लागि उपयुक्त वातावरण र पर्याप्त मात्रामा ऋणलगानीको सुविधा उपलब्ध गराउनु पर्दछ। छिमेकी विशाल देशहरू, चिन र भारतले द्रूततर गतिमा आर्थिक विकास गरिरहेको अवस्थामा नेपालको विभिन्न भागबाट यी दुई समृद्धशाली देशहरूलाई उत्तर, दक्षिण आर्थिक कोर्राईडर (North South Economic Corider) को रूपमा जोड्न सकिने अवधारणा आइरहेको छ। यसमध्ये ताप्लेजुङ्गको घुन्साबाट काँकड्भिट्टासम्मको राजमार्ग निर्माणले निश्चय नै कोलकोत्ताजस्तो ठूलो र पुरानो बन्दरगाहबाट चीनको तिब्बतजस्तो भू-भागलाई थोरै समयमा नै र सहज रूपमा जोड्ने सम्भावना छ, जुन सिक्किमको नाथलाको पास खोलिए पनि त्यो भन्दा नेपाल तर्फबाट बढी सरल र प्रभावकारी हुने सम्भावना हुन सक्छ। यी परिस्थितिको आँकलन गर्दा यी तीन जिल्लाहरूको विकास निश्चय नै एउटा Transit Economy को दृष्टिकोणबाट मात्र नभइ अहिलेदेखि नै क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्रि्रेक्ष्यको आधारमा यी क्षेत्रहरूको दिगो र वृहत्तर विकासलाई विशेष ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेको छ। ४.स्थानीय सरकार र निजी लगानीकर्ताहरूको समन्वय :(नेपालको राजनैतिक वृत्तमा हाल भइरहेको छलफलले स्थानीय सरकारको स्वरूप जे(जस्तो निर्धारण गरे पनि, पर्यटन विकासका लागि स्थानीय सरकारको निर्ण्ाायक भूमिका रहन्छ।स्थानीय सरकारले लागू गर्ने करप्रणालीका साथै पर्यटनकै विकासका विविध पक्षमा स्थानीय सरकारले प्रत्यक्ष रूपमा सरोकार राखी कुन हदसम्म निजी क्षेत्र जाने र कुन(कुन पक्षलाई सरकारी स्तरबाट सहयोग गर्ने भन्ने यकिन गरी समन्वयात्मक ढङ्गबाट पर्यटनको विकासलाई ‘निजी तथा सामुदायिक क्षेत्र‘ को साझेदारीका रूपमा अगाडि बढाउन सकिन्छ। निश्चय पनि निजी लगानीकर्ताहरू र सरकारी नीति, कार्यक्रम र भौतिक संरचनाको निर्माणलाई एक(अर्काका परिपूरकका रूपमा अघि बढाउनुपर्ने हुन्छ।५.र्पर्यटन विकासको उपयुक्त ढाँचा :(यस भेगलाई सुहाउने उपयुक्त ढङ्गको पर्यटनविकासको ढाँचा तयार गर्नका लागि सम्बन्धित पक्षहरू जस्तो पर्यटन व्यवसायी, स्थानीय जननेता र लगानीकर्ताहरूबीच अन्तरक्रिया हुनु आवश्यक छ। सरर्सर्ती हर्ेदा यस भेगको भौगोलिक अवस्था, प्राकृतिक दृश्यहरू, चियाखेतीको विस्तार, विभिन्न जनजातिहरूको बसोबास र वनस्पतिको विविधतालाई हर्ेदा यहाँ Village Tourism, Eco(Tourism, Cultural Ethno Tourism,अथवा Agro-Based Tourism को ढाँचाहरूको सम्भाव्यता हुन सक्दछ। लमजुङ्गको घले गाउँ र स्याङ्जाको सिरुबारीमा सुरु भएको ग्रामीण पर्यटन र अन्नपूर्ण क्षेत्रमा भएको पर्यटनलाई एउटा नमुनाको रूपमा लिन सकिन्छ।उपयुक्त पर्यटन विकासको ढाँचा छनौट गर्दा त्यसबाट पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्नु पर्दछ भने यस भेगमा हाल भइरहेको विकासको विविध पक्षलाई समन्वयात्मक र सन्तुलित तवरबाट विकास गर्ने खालको हुनु पर्दछ। ६.मानवीय श्रोतको विकास :( र्पर्यटन विकासमा पर्यटकहरूको आदरसत्कार गर्न र पर्यटकहरूले हेर्न चाहेको ठाउँ वा वस्तुहरूको उपयुक्त व्यवस्था गर्न उचित मानवीय श्रोतको विकास हुनु अति आवश्यक छ। अतिथिसत्कार गर्नु भनेको अवश्य पनि एउटा मानवीय कला हो। पर्यटकहरू आतिथ्यबाट प्रभावित वा मोहित भएर मात्र आफ्नो भ्रमण सफल भएको मान्दछन्। पर्यटकीयस्थलहरूको यथोचित व्यवस्था गर्ने पथप्रदर्शक, होटल र रेष्टुराँहरूमा सीपयुक्त कामदारहरू र विशेषतः ग्रामीण पर्यटनमा आवश्यक हुने सांस्कृतिक कर्मीहरू पर्यटनविकासका लागि नभइ नहुने पक्षहरू हुन्। सीपयुक्त टे्रकिङ गाइडबाट प्रभावित भएका र अतिथिसत्कारबाट मोहित भएका पर्यटकहरूले नै आफ्नो भ्रमण अवधिलाई सकेसम्म बढाउन चाहन्छन् भने फरि अर्कोपटक पनि आउने प्रणसमेत गर्दछन्। यी कुराहरूलाई मध्यनजर राखी मानवीय श्रोतको विकास गर्नुका साथै त्यससम्बन्धी संस्थाहरूको स्थापना गर्ने सोच राख्नु आवश्यक हुन्छ।७.प्रचारप्रसार र सञ्जालको विस्तार :(र्पर्यटनविकासका लागि आफ्नो पर्यटकीय स्थलहरूको उपयुक्त तवरले प्रचारप्रसार गरी पर्यटकहरूलाई आकषिर्त गर्नु अति आवश्यक छ। ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन‘ भन्ने नेपाली उखान पर्यटनविकासमा ठ्याक्कै लागू हुन्छ। विभिन्न पर्यटकीय स्थलहरूको महत्व, महिमा साथै विस्तृत विवरणहरू यथोचित ढङ्गबाट प्रचारप्रसारमा ल्याई पर्यटकहरूमाझ सूचना प्रवाह गरे मात्र उक्त स्थलहरूप्रति टाढाबाट पनि मानिसहरू आकषिर्त हुन्छन्। प्रचारप्रसारका सामग्रीहरू विभिन्न देश(विदेशका पर्यटकहरूमाझ पुग्नलाई सञ्जालको उत्तिकै आवश्यकता पर्दछ। आजभोलि सूचना प्रविधिको समयमा विभिन्न ठाउँहरूमा विविध माध्यमबाट सञ्जाल बनाउन आवश्यक हुन्छ। सञ्जाल विस्तार गर्नका लागि निश्चय नै पनि पर्यटक आउने सम्भावित देश वा क्षेत्रको पहिचान गरी उक्त ठाउँहरूमा व्यापक र प्रभावकारी रूपबाट सर्म्पर्कहरू स्थापना गर्नुपर्दछ। यस सर्न्दर्भमा इन्टरनेटमार्फत् वेबसाइटहरू सृजना गर्ने तथा विभिन्न ठाउँहरूमा होडिङ बोर्डहरूको सहायता लिनुपर्ने हुन्छ।८.सुरक्षाको प्रत्याभूति र आपतकालीन स्वास्थ्यसुविधा :(कुनै पनि पर्यटक घुमफिर गर्न अन्य ठाउँ वा अन्य मुलुक जानु भनेको आफ्नो फर्ुसदको समयलाई उपयोग गर्नु हो। उक्त अवधिमा कुनै पनि पर्यटकले आफू सुरक्षित हुने र सुविधाजनक वातावरणमा भ्रमण सम्पन्न गर्ने सबैभन्दा पहिलो र महत्त्वपूर्ण पक्ष ठान्दछ।द्वन्द्वग्रस्त अवस्थाबाट भर्खरैमात्र पार पाएको नेपालले विदेशी अथवा अन्य स्थानका पर्यटक वा पाहुनाहरूलाई निम्त्याएर पर्यटन विकास गर्ने काममा मानवीय सुरक्षा उपलब्ध गराउनुलाई ज्यादै संवेदनशील र महत्त्वपूर्ण मानिएको छ। र्सवप्रथमतः सुरक्षामा सरकारी निकायको प्रमुख भूमिका रहन्छ। भ्रमणअवधिभर पर्यटकहरूलाई आकस्मिक रूपमा स्वास्थ्यसेवा उपलब्ध गराउनुपर्ने स्थिति आएमा स्थानीय स्तरमा नै न्यूनतम स्वास्थ्यसेवा र विरामीलाई आपतकालीन उद्धारको प्रावधान हुनु आवश्यक हुन्छ।९.र्पर्यटन विकासको गुरुयोजना :(छिमेकी भारतका सिक्किम र दार्जिलिङ्ग जिल्लाले प्रत्येक वर्षलाखौं पर्यटकहरू भित्र्याउने गर्दछन्। सिक्किमको नै उदाहरण लिने हो भने पनि त्यहाँ थुपै्र पर्यटकीय क्षेत्रहरूको धमाधम विकास भइरहेको छ र पर्यटनका विभिन्न ढाँचाहरूलाई अपनाइएको छ। इलाम, पाँचथर र ताप्लेजुङले समष्टिगत रूपबाट पर्यटनको विकास गर्नुपर्ने हुन्छ र यस भेगका प्रतिनिधिहरूले संयुक्त रूपमा सिक्किम, दार्जिलिङ्ग, स्याङ्जाको सिरुवारी र पोखराको अनुभवबाट विविध पक्षहरूको जानकारी लिनर्ुपर्दछ। वास्तवमा नेपालका जिल्लाहरूको विभाजन आर्थिक विकासको अवधारणाका आधारमा भएको छैन। कुनै पनि क्षेत्रको आर्थिक विकास गर्न तत्सम्बन्धी आर्थिक क्षेत्रको निर्धारण हुनर्ुपर्दछ, जसलाई राजनैतिक हिसाबको जिल्लाविभाजनले असर पुर्याउनु हुँदैन। इलामदेखि ताप्लेजुङ्गसम्मको पर्यटकीय क्षेत्रहरूको लेखाजोखा गरी ती सबैलाई विभिन्न तवरले समूहकृत गर्न सकिन्छ। यसपछि पर्ूवाधारहरूको विकास गर्न सकिन्छ। यी तीनै जिल्लाहरूका पर्यटन व्यवसायसँग सम्बन्धित प्रतिनिधिहरूका साथै अन्य क्षेत्रका पर्यटन व्यवसायी र विज्ञहरूको संलग्नतामा एउटा बृहत् कार्यशाला गोष्ठीको आयोजना गर्न सकिन्छ, जसबाट यस क्षेत्रको पर्यटन विकासका लागि दर्ीघकालीन गुरुयोजना तयार गर्न सकिन्छ।१०.आन्तरिक बजारको विकास :( र्पर्यटनविकासका क्रममा जति(जति पर्यटकहरूको आगमनमा बृद्धि हुदै जान्छ त्यति नै आन्तरिक बजारको पनि विकास र विस्तार हँुदै जान्छ। पर्यटकहरूको रुचिअनुरूप स्थानीय क्षेत्रको मौलिकता झल्काउने खालका विभिन्न कलात्मक हेन्डीक्राफ्टहरू र कृषिजन्य उपजहरूको विकास र प्रवर्द्धन गर्न सकिन्छ। यस क्षेत्रका विविध जनजातिहरू (सुनुवार, लिम्बू, र्राई, लेप्चा, मगर आदि) आफ्नो मौलिक कलाका धनी छन्। ती जनजातिहरूले बाँस तथा काठका सामानहरू कलात्मक ढङ्गबाट बनाउँदछन्। यस भेगका कृषिउपजहरू र गैर वनस्पतिका उत्पादनहरूलाई उपयुक्त हिसाबले प्रशोधन गरी बजारमा ल्याउने प्रवल सम्भावना छ।११.सिक्किम र यी तीन जिल्लाहरू :( सिक्किम भारतको २२ आंै राज्यका रूपमा सन् १९७५ मा स्थापित भएको हो, जसको कुल क्षेत्रफल ७०९६ वर्ग कि.मि. छ, जुन इलाम, पाँचथर र ताप्लेजुङ्गभन्दा ५०६ वर्ग कि.मि.ले मात्र वढी छ। जनसंख्याको हिसाबले यी दुई क्षेत्रहरूमध्ये सिक्किमको जम्मा जनसंख्या ५,४०,४९३ छ भने यी तीन जिल्लाहरूको कुल ६,६२,१८६ छ, जुन २२ प्रतिशतले बढी रहेको छ। सिक्किम र यी तीन जिल्लाहरू एकआपसमा गाँसिएका छन् र भौगोलिक स्वरूपमा पनि कुनै फरक छैन। कञ्चनजङ्घाको सम्पूर्ण भू-भाग नेपालमा अवस्थित, छ जब कि दाजिर्र्लि र सिक्किमले मात्र पर्यटकीय दृष्टिकोणबाट यस हिमालको अधिकतम रूपमा उपयोग गरेका छन्। विगत २/३ दशकमा सिक्किममा ज्यादै प्रभावकारी तवरबाट पर्यटनको विकास भएकाले नैै यहाँका ५०/६० स्थलहरूलाई प्रख्यात पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिएको छ। फलस्वरूप यहाँ वर्षोनी लाखांै पर्यटकहरूको आगमन हुन्छ। नेपालका यी तीन जिल्लाहरू अवश्यै पनि सिक्किमभन्दा कुनै हिसाबले कम छैनन्। अझ सम्भावना र क्षमताको दृष्टिकोणबाट सबल र सक्षम छन्। यर्सथ यी तीन जिल्लाहरूको पर्यटनको विकास गर्न सिक्किमलाई एउटा सर्न्दर्भको ९च्भाभचभलअभ० रूपमा लिन सकिन्छ।उपसंहार :( वर्तमान नेपालमा राजनैतिक फाँटमा विविध पक्षको बहस भइरहेको अवस्थामा आर्थिक विकासको क्रमलाई पनि सँगसँगै लगिनु पर्दछ। एक्काइसौं शताब्दीको नयाँ नेपाल बनाउने जुन प्रकारको जनलहर उठेको छ, त्यसलाई परिणतिमा पुर्याउने प्रबल पक्ष भनेको आर्थिक पक्ष नेै हो। यस भेगमा भइरहेको आर्थिक विकासलाई ठोस दिशा दिने अर्को दरिलो जमर्को भनेको पर्यटनको विकास हो। मेची अञ्चलका तीन पहाडी जिल्लाहरूले पर्यटन विकासको पहल गर्नु निश्चय नै ती ठाउँहरूमा सम्भावनाहरू प्रचुर मात्रामा रहनुुले नै हो र त्यससम्बन्धी प्रशस्तै क्षमता पनि छ। पर्यटन विकासका लागि बाहृय पक्षमा बढी भर पर्नुपर्ने भएकाले साथै आजभोलि नेटवर्किङद्वारा कुनै पनि काम बढी प्रभावकारी रूपमा सम्पन्न गर्न सकिने भएकाले यी तीन जिल्लाहरूले एकीकृत रूपमा समग्र तवरले पर्यटनको विकासद्वारा शसक्त, प्रभावकारी र दिगो विकासको नमुना प्रस्तुत गर्न सक्दछन्। नेपालमा पर्यटनको क्षेत्रमा पोखरापछिको दोस्रो पर्यटकीय गन्तव्यस्थलका रूपमा यी तीन जिल्लाहरूलाई प्रख्यात बनाउन सकिन्छ। सर्न्दर्भसामग्रीहरू :(1.The Wealth of Sikkim, an Introduction to the Land of Red Panda, edited by Sonam Rinchen Lepcha, 20052.South Sikkim Tourism Development Society, Namchi Sikkim 20063.Nepal District Profile 2006, Nepal Development Information Institute, Nepal 4.SAMAYA, National Weekly, Shrawan 31, 2064.
Mr. Gurung’s article is comprehensive and good. I agree with his view to promote MICE tourism. My view is simple before attracting foreign tourists, all we need to do is to attract domestic tourists in various forms. It will help in many ways. For example, it slowly develops the standard of hotels, lodges, resturants,amenities and also services which ultimately capable to handle foreign tourists. Local entreprenuers must play their parts stongly, they are the people who decide what they want. If they want tourism business,they should start initiatives for it. They should start networking with similar partners within and outside the country.
hi hi