खोमदत्त बराल इलाम जिल्ला उचाइको हिसाबले लगभग समुन्द्री सतहदेखि ९०० फिटको समतल दानावारी, महमाई, चुलाचुली तथा तर्राईमा झापा जिल्लासँग गाँसिएको क्षेत्र पर्दछ भने लगभग १ हजार फिटको हाराहारीमा चमैता गा.वि.. क्षेत्रबीचको देउराली डाँडा पर्दछ। समशीतोष्ण हावापानी भएको र मध्यम स्तरको भिरालो भएको इलाम जिल्लाको अधिकांश भागमा जेष्ठदेखि भाद्रसम्म हुस्सु र कुइरोले ढाकेको हुन्छ। पूर्वमा सन्दकपुर तथा पश्चिममा धनकुटा र पाँचथरको सोमाङ रहेको मिकलुक पहाड पनि आफनो उचाइमा देउराली डाँडासँग पौठेजोरी  खेल्न सक्ने अवस्थामा अवस्थित छ। उचाइको हिसाबमा दक्षिणपूर्वमा रहेको हाँसपोखरी हुँदै पशुपतिनगर, नयाँ बजार, जौँबारी, सन्दकपुर छिरुवा भएर देउराली डाँडाबाट राँके हुँदै घर्ुर्बिसे पञ्चमी, विब्ल्यँाटे तथा रवी चिसापानी पञ्चमीसम्म करिबकरिब उस्तै इकाइका यो अर्थ चन्द्रकारको घेरामा हिउँद महिना पुस माघमा निकै जाडो हुन्छ र यी लेखिएका क्षेत्रमा वर्षरमा केही न केही हिउँ पर्ने गर्छ। दानावारी महमाई र चुलाचुली गा.वि..हरू निकै गर्मी हुने क्षेत्र हुन्। यस क्षेत्रले भित्री मधेसको भूमिका खेलेको छ र उत्पादनको कारण पनि यस क्षेत्रलाई राम्रो उत्पादन क्षेत्र मान्न सकिन्छ। अरू वीचको भागले धेरै ठूलो क्षेत्र ओगटेको छ। यही वीच भागमा नै इलामका अकबर,े ओलन, अलैंची, आलू अम्रिसो, अदुवाजस्ता कृषिजन्य नगदेबालीको उत्पादन हुने गरेको छ। यस्तो भौगोलिक क्षेत्र र नगदेबाली उत्पादनको कारणले इलामलाई विकासको बाटोमा अगुवा जिल्लाका रूपमा लिन सकिन्छ। यसैको पृष्ठभूमिमा इलाम जिल्लामा पर्यटन व्यवसाय/उद्योगको विकासका लागि अवसर र सम्भावना के कसरी हेर्न सकिन्छ भन्ने वारेमा यहाँ केही सम्भावित क्षेत्रहरूको छलफल गरिनु उचित हुनेछ। सुन्दर हरियाली र विविध भौगोलिक क्षेत्र भएको हुनाले इलाममा बाहृय मुलुकबाट हालैमा पर्यटनहरूलाई भित्र्याउन सकिने स्थिति नभए तापनि आन्तरिक रूपमा पर्यटक पाहुनाहरूलाई आमन्त्रण र आकर्षा गर्न सकिने देखिन्छ। छ वटाआन्तरिक बजारबाट नगदै आर्जन गर्ने विषय भए पनि अदुवा, अलैंची अम्रिसोजस्ता उत्पादनको व्यापार गर्न दार्जिलिङ, सिलिगुडीजस्ता भारतका व्यापारीहरूलाई समेत इलाम आउन बाध्य बनाएको छ। चिया उत्पादनले काठमाडौंदेखिकाव्यापारीलाई आकर्षा गरेको छ। इलामका तर्ीथस्थलहरूले पनि आन्तरिक पर्यटकको परिचालनमा ठूलो भूमिका खेलेका छ। गजुरमुखीदेवीलाई सन्तानेश्वर देवीको रूपमा दर्शन आराधना गरेर पुत्रलाभ भएको धेरै प्रमाणहरूले स्थान लिएको छ। इलाममा पर्यटन उद्योगलाई स्थापना गरेर प्रवर्द्धन गर्न, इच्छुक हामीहरूले पर्यटकलाई आकर्षा गर्ने विविध पक्षहरूको पहिचान गर्नु आवश्यक छ। इलामका मध्यमस्तरीय नदीहरू माई, जोगमाई, पूवामाई र देउमाईमा बाँध बाँधेर नौका बिहारको व्यवस्था गर्न सकिन्छ। माईबेनीदेखि राजदुवाली पुलसम्म ,माघे सुन्तलेको फेदिदेखि माईबेनीसम्म, जोगमाईमा गोलाखर्कबाट खान्द्रुङ्ग जाने राते दोभानदेखि माई र पुवाखोलाको दोभानसम्म र देउमाईमा भने एकातप्पाको फेदिदेखि जीतपुर फेदि माई र देउमाई दोभानसम्म मात्रको पानी सङ्कलन गर्ने हो भने नौकाबिहारले पनि पर्यटकलाई आकर्षा गर्दछ। रोपवेमा निजी क्षेत्रलाई आहृवान गर्न सकिन्छ। हुन त लगानी कम गरेर धेरै आर्जनमा लिप्त रहेको निजी क्षेत्र प्रशस्त यात्रुको सम्भावना नहेरी रोपवेमा लगानी गर्न चाहँदेनन् तर, इलामको हरियाली साना साना कम अग्ला डाँडाहरूमा रोपवे व्यवस्था गरेर पर्यटकलाई मनोरञ्जन गराउन सकिन्छ। ग्लाइडर उडान, जस्ता कम खर्चिलो तर, मनोरञ्जनमा उत्तेजना लयाउने खालका प्रयोगबाट पनि यात्रु पाहुनाहरूलाई आकर्षा गर्न सकिने देखिन्छ। इलाम बजारबाट नै पिकनिक जानु पर्दा कि त माई खोला कि त पुवाखोला जानर्ुपर्छ। यसमा पनि पिकनिक स्थलतिर कुनै स्थायी स्थल र रोडको व्यवस्था गर्न सक्दा इलाम बासीका साथै छिमेकी जिल्लाबाट पनि मानिसहरू आउन सक्ने सम्भावना देखिन्छ। कन्याम र हाँसपोखरीतिर झापाका उत्सुक मानिसहरू पिकनिकका लागि आउने गरेको सुनिन्छ, तर पानी, ट्वाइलेट या त पिकनिक स्पट र रोडहरूको सुविधाजनक विकास हुन  सकेको छैन। माथि रोपवेबाट कम, होचा तर रमणीय डाँडाहरूमा घुमाउन सके राम्रो हुने कुरा उठाइयो। सायद रोपवेको लगानी बढी नै होला। स्थल यातयातमा पनि माइपोखरीसम्म पुग्ने ट्याक्सी आदिको पनि प्रशस्त उपलब्ध हुन सकेको छैन। कहीं कसैले इलाम बजार वरिपरि घुम्ने र क्याम्पस, गोलाखर्क फेदि हुँदै माइवेनी जान चाहेमा पनि ट्याक्सीजस्ता साधन पाउन सकिँदैन। पर्ूवाधार नबन्दै पर्यटन उद्योगमा उप|mने चाहनालाई उत्साहमात्र भन्न सकिन्छ। अभावग्रस्त अवस्थाबाट पर्यटन व्यवसायले विकास गर्न सक्नर्ुपर्दछ। यसमा अरू क्षेत्रका पार्टर्ीी संगठन तथा पेशागत संगठनहरूले जस्तै व्यवसायमा संलग्न भएका व्यवसायीहरूले पनि र्पर्यटन व्यवसाय प्रवर्द्धन समितिबनाउनु प्रथम आवश्यक विषय हो। बनिसकेको भएमा यसले आफनो कार्ययोजना बनाउनु पर्दछ। यसले आफनो कार्ययोजनालाई व्यवहारवादी बनाएर आफनै कार्यक्षेत्रमा र्समर्थन र अनुमोदन गराउनु आवश्यक पर्दछ। इलाम जिल्लाभरमा नै जहाँ(जहाँ सम्भावना छ (माथि लेखिएका), त्यहाँ(त्यहाँ पर्यटन व्यवसाय प्रवर्द्धन समितिको जञ्जाल फैलाउनु आवश्यक छ। आ(आफनो क्षेत्रको संगठनको क्षमता र यसले गर्न सक्ने आवश्यक कुराको पहिचान गर्ने कार्यले हामीमा साहस भर्नु पर्दछ। यस वर्तमान कालखण्डमा एक्लैले केही गर्न सकिँदैन, त्यसैलेसंघे शक्ति कलौ युगेभनिएझैं सबै धर्म, पेशा, जात, थर मिलाएको एउटा प्रतिवद्ध पर्यटन विकास गर्ने संघ इलाम जिल्लालाई आवश्य परेको छ। नेपालले हालसालै मात्र आफनो पर्यटन व्यवसायलाई थाइलैण्ड, मलेसिया र सिंगापुरमा विस्तार गर्नरोड सोगरेको रहेछ।रोडसोलाई दुईटा कार्यक्रम विभाजित गरेर एउटा भागमा सम्बन्धित मुलुकका संचारकर्मीहरूसँग छलफल गरेको र अर्को भागमाट्राभल ट्रेड सेक्टरका पर्यटन व्यवसायीहरूसँग छलफल भएको, समाचार कलेक्सनमा छापिएको थियो। जानकारीका लागि बैंकको रोयल अर्चिड सेराटन होटलमा ३८ जना मिडियाकर्मीसंग र ६० जना पर्यटन व्यवसायीहरूसँग भेट भएको रहेछ। सिंगापुरमा भनेमेरिसस मेन्डारिम होटलमा २८ जना, मिडियाकर्मी र ५५ जना पर्यटन व्यवसायलाई भेटिएको रहेछ। मलेसियाकोहोटेल लिजेन्डमा भएकोरोडसोमा भने ३७ जना मिडियाकर्मी र ७५ जना पर्यटन व्यवसायीहरूसँग भेटघाट र छलफल भएको बताइएको छ। यो भेटघाटमा मन्त्री पृथ्वी सुब्बागुरुङ्ग, सचिव डा. माधव घिमिरे र राजदूत लगायत अन्य संस्थागत प्रतिनिधिहरू समेत भएको उल्लेख छ। देशले राष्ट्रिय स्तरबाट अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गराएर आफनो पर्यटन व्यवसाय प्रवर्द्धनको प्रयास गरेको छ भने इलामले पनि आफनो पर्यटन व्यवसायको संगठनद्धारा सोही स्तरको प्रचार(प्रसारको जञ्जाल नेर्टवर्कको व्यवस्था गर्न सक्नर्ुपर्दछ। इलाममा पर्यटक पाहुना बस्ने पर्याप्त  सुविधाजनक होटलहरूको व्यवस्था, रुचि अनुसारका विभिन्न प्रकारका स्वादिष्ट भोजनको व्यवस्था, दृश्यावलोकन गर्न पाउन सके, हेलिकप्टर, ट्याक्सी घोडा, हात्ती, टाँगा के चाहिन्छ, सो को उचित व्यवस्था हुनुपर्ने आवश्यकता देखिन्छ। इलाममा जहाँ(जहाँ हामी पर्यटन व्यवसायको स्थापना र विकास गर्न चाहन्छौं, त्यहाँ(त्यहाँ कम्तीमा पनि रेष्टुरेन्ट,गेस्ट हाउस, क्लब लाइब्रेरी र पर्यटनसम्बन्धी सूचना केन्द्रहरूको समेत उचित व्यवस्था गर्न सक्नुपर्ने हुन्छ। मनोरञ्जनका भौतिक साधनहरू खेलकुद र सांस्कृतिक कार्यक्रमहरूको पहलका साथै इलामलाई घान्द्रुक र वन्दीपुर जस्तो घना वस्ती र छुट्टाछुट्टै पहिचानको अवसर लिन सक्ने पर्यटक स्थल सिर्जना गर्न सक्नु राम्रो हुनेछ। माईपोखरी, गजुरमुखीहरूमा मुक्तिनाथको जस्तो सुविधायुक्त यात्राको झझल्को दिन सके विदेशी पर्यटकहरूलाई इलाममा भित्र्याउन सकिन्छ। इलाममा हात्ती सवारको यात्राबाट गैडा, बाघ, मृगको दृश्यावलोकन गराउन सकिँदैन। हिउँ पर्ने ठाउँ कमै भएकाले स्केटिङ्ग गर्ने सिम्लाजस्तो ठाउँ पनि उपलब्ध छैन। अन्तुबाट देखिने उदाउँदो सूर्यले मात्र पनि आन्तरिक पर्यटकहरूलाई प्रशस्त निम्त्याउन सकेको छैन। इलाममा पर्यटन व्यवसाय प्रवर्द्धन गर्न केन्द्रीय पर्यटन विकास, बोर्डले वाषिर्क कार्ययोजनामा कुनै पनि कार्यक्रम राखेको देखिँदैन। फार इष्ट रेजियन भनेर कञ्चनङ्घाा एरियाको मिल्के डाँडा र जलजले हिमाललाई लक्ष्यमा राखेर यात्राको सुरु विन्दु भन्दै वसन्तपुर, ताप्लेजुङ्ग र तुम्लिङ्गटार तिर मात्र बाटो देखाउँदै एन.टी.भी.लेनेपालमा टे्रेकिङभन्ने बुलेटिनमा छापेको छ। यथार्थमा र भावनात्मक सम्बन्धमा तादात्म्य खादैन। हामी व्यवहार, संस्कार संस्कृतिलाई र भनाइलाई मिलाउनै नसक्ने काम गछौं रभन्छौ एक थोक, गर्र्छौ अर्कै थोक। एकातिर पर्यटन व्यवसाय गर्न चाहन्छौ, अनि भन्छौं, ‘अतिथि देवो भवः। मेल खाए त पर्यटन ब्यवसाय यथार्थ व्यवहार हो। व्यवहार गर्दा आय(आर्जनकालागि अतिथिलाई/पाहुनालाई भनौं ग्राहकलाई सेवा गर्दछौं। राम्रो व्यवहार गरेर राम्रो खाना खुवाउँछौं। काम र सेवाअनुसारको दाम लिन्छौ, यो त पेशा भयो। पेशाधर्मीले पैसाधर्मीबाट अरू बढी पैसा असुल्ने प्रयास गर्नैपर्दछ। यसैले पाहुना चाहिँ आय(आर्जनको श्रोत र साधन बन्छ भने देवता सरह पुजनीय पनि मानिन्छ। हुन त हामी धर्तीबाट फलफूल अन्नवाली उब्जनउँछौ र खानादानाको व्यवस्था गर्र्छौ, तर यस अवस्थामा भने देवपूजनको कुरा उठाउँदैनौ। मानिसकमा मानव, दानव र पशुवत् व्यवहारका प्रवृत्तिहरू विद्यमान् हुन्छन्। त्यसैले एउटा मानिसका यी विविध रूपलाई सही ढङ्गले आँकलन गर्न संकिदैन। सबै स्वरूपलाई एउटै बुझाइमा देवत्व देख्नु निश्चय पनि भावनात्मक पक्ष मात्रै हो। अतिथिलाई देवत्वको रूपमा भन्दा व्यवसायको धर्मको रूपमा भरमग्दूर खुसी पार्ने र खुशी पारी  वस्तु तथा सेवाको बढी भन्दा बढी असुल उपर गर्ने प्रयास पनि व्यवसायिक धर्म नै हो। नेपाल पर्यटन बोर्डलेट्राभल्स इन्फरमेसनभन्ने बुलेटिनमामेजर टुरिस्ट एट्रेक्सनमा ट्रेकिङ्ग, माउन्टेनियरिङ्ग, रिभर राफ्टिङ्ग, क्यन्योनिङ्ग, जंगल सफारी, भिलेज टुर, रिच नेचरल हेरिटेजजस्ता विषयलाई महत्व दिइएको छ। यसका साथै नेसनल पार्क वाइल्क लाइफ रिजर्भ र कन्जर्भेसन एरियालाई पनि समावेश गरिएको छ। यी सबै सर्न्दर्भहरूका बारेमा इलामको मौजूदा अवस्थालाई आँखा अगाडि राखेर अध्ययन विश्लेषण गर्नुपर्ने हुन्छ। इलामबासीले पर्यटन व्यवसायलाई संस्थागत गर्ने कामका लागि निकै प्रयास गर्नु पर्ने हुन जान्छ। एन.टी.भी. लेग्लभिबकभ थयगचकभाि, यलभ ष्क लयत कगााष्अष्भलतु, भन्ने नाराले आकाश गञ्जायमान् गर्दै पोखरामा पनि ुख्ष्कष्त एयपजबचब थ्भबच द्दण्ण्ठु एउटा कार्यक्रम आयोजना गरेको थियो। यी सबै विषयसँग मिल्दोजुल्दो रूपमा भिलेज टुुरिजम फेस्टिबल २००७एट सिरुबारीनामक पर्यटन व्यवसायलाई बढावा दिनका लागि स्याङ्जाले पनि जुन २(४ मा एक कार्यक्रम सञ्चालन गरेको थियो। उपर्युक्त पक्षलाई मध्यनजरमा राख्दै २०६० मा इलामले पनिइलाम महोत्सवमनाएको साढे तीन वर्षपूरा भैसकेको छ। हाम्रो पाइला लर्खराएर नै होला, गन्तव्य पहिल्याउन ढिला भइरहेको छ। प्रतिवद्ध संघ/संस्थाले कार्ययोजना बनाएर कार्यक्रम सञ्चालन गर्न सक्ने संगठनात्मक कार्यथलो बनाउन सकियो भने पर्यटन व्यवसायलाई भरपर्दो बनाउन कठिनाइ पर्ने छैन। स्थानीय स्तरमा पर्ूवाधार बनाउने काममा भने स्थानीय व्यावसायिक समूहको नै अहम् दायित्व हुन्छ। परिस्थिति र परिवेश निर्माण गर्ने कार्य प्रतिबद्ध संगठनले मात्र गर्न सक्दछ। पर्यटन व्यवसायलाई अघि मिडियाकर्मीहरूको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ। यो पक्ष बलियो र भरपर्दो हुदै गएको भए पनि परिचालन पक्ष भने फेरि पनिसंघे शक्ति कलौ युगे