-दिलेन्द्र राई
नेपालको पूर्वी पहाड इलाम प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। कञ्चनजङ्घा र कुम्भकर्ण्र्ााहमशृङ्खला, चियाबारी, माईपोखरी, श्रीअन्तु, रक्सेको डाँडो, माईखोलाहरू (चारखोला), गजुरमुखी, माईस्थान इलामको परिचय बनेका छन्। साह्रै परिश्रमी, मिलनसार र सहृदयी इलामेहरू सौभाग्यशाली छन् इलामको भूमिमा। इलामका धेरै ऐतिहासिक, धार्मिक र रमणीय तीर्थस्थलहरूमध्ये माङ्मालुङलाई पनि एक अति प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल मानिन्छ। माङ्मालुङ शब्द किराँत र्राई वान्तवा भाषाका तीन शब्दहरू (माङ्±मा±लुङ्) मिलेर बनेको शब्द हो। ‘माङ‘ को अर्थ( पितृ/देवता, ‘मा‘ को अर्थ ( आमा/देवताकी आमा र ‘लुङ्‘ को अर्थ शिला/पत्थर/ढुङ्गा भन्ने हुन्छ। माङमालुङ्लाई बिजुवानी थुम्का भनेर पनि चिनिन्छ, तर यसले जङ्गलले ढाकिएको डाँडालाई बुझाउँछ, जुन चारैतिरबाट देख्न सकिन्छ। बिजुवानीले झर्केथालले काटेर बनाएको चुला ढुङ्गाहरूजस्तो पोखरीमा बाँकी रहेको पत्थरलाई चाहिँ माङमालुङ्का रूपमा चिनिन्छ। यसलाई इलामको सुदूर पश्चिम गाउँ वाँझो( ६ र इभाङ्ग (४, पावा, चित्रे गाउँको शिरस्ाँग जोडिएको सीमाना भञ्ज्याङ्गस्थल मानिन्छ। यसको वरिपरि किराँत र्राई र लिम्बू जातिको घना बस्ती रहेको पाइन्छ। माङमालुङ्को ऐतिहासिक पक्षलाई हर्ेदा पहिले माङमालुङ भएको स्थलमा आपट्टे जङ्गलभित्र ठूलो पोखरी रहेको तथ्य पछिल्लो स्ामयस्ाम्म बाँकी रहेको रातेपोखरीले पुष्टि गरेको थियो, तर हाल आएर त्यो पानी सुकीसकेको छ। आजभोलि पनि चित्रे मुकारुङ् गाउँको शिरमा एउटा पोखरी रहेको छ। माङमालुङ्बाट गाडीको बाटो राँके, रवि, लाक्तप्पा, लारुम्बा हुँदै दमक झर्ने गर्दछ। पहिला गाडीको बाटो थिएन। हाल आएर हिउँदे स्ामयमा गाडी चल्ने गर्दछ। आजभन्दा ३०।३५ वर्षगाडि आपट्टे जङ्गल र चौरीहरू थिए, माङमालुङ् क्षेत्रमा। यातायातको सुविधा नहुँदा ढाकर बोकेर लारुम्बाबाट माईखोला र रतुवा हुँदै तर्राई झर्थे मानिसहरू। एक्लै दोक्लै यो बाटो भएर बटुवाहरू हिँड्न डराउँथे। माङमालुङ्मा अवस्थित ठूलो पोखरीमा भएको नागले प्रायः मानिसहरूलाई खानेगथ्र्यो भन्ने स्थानीय बासिन्दाहरूमा जनविश्वास रहेको पाइन्छ। ८७ वर्षीय पत्थरसिंह कोयू र्राई, पाङतुवा बासिन्दाका अनुसार चफटी नाम गरेकी किराँतिनी शक्तिशाली माङमाको पोखरीनजिक आफ्नो २/३ वर्षो बालक लिएर जाँदा नागले आक्रमण गरी बच्चा खाइदिएछ। त्यसपछि माङमा अर्थात् बिजुवानी पनि आलापविलाप गर्दै रिस्ाले चूर भएर आफनो माङ्शक्ति जगाएर काँस्ोथाल बजाउँदै पोखरीभित्र नाग खोज्दै पस्ािछन्। माङ्शक्तिको स्ाहाराले काँस्ोथालले नागलाई छ्वाम्मै काट्दा नाग घाइते भएछ। स्ााथै नाग लुक्ने पत्थर (ढुङ्गा) पनि ६/७ चिरा हुनेगरी काटिएछ अनि पोखरी रगताम्ये भएछ। त्यसै ताकादेखि नागको रगतले रतुवाखोलाको पानी रातो भएको र खोलाको नाम पनि रतुवा रहन गएको भन्ने गरिन्छ। नाग भागेर रतुवाखोला हुँदै चफेटी भन्ने ठाउँमा गएर बस्ोछ। यो स्थान सोमबारेबजार भन्दा माथि पेरोङगे जाने बाटातिर पर्दछ। पहिला पेरोङगे हुँदै पहाडबाट पहाडेहरू मधेस(पहाड गर्ने गर्थे। माङ्माले नागलाई खेद्देेै पछ्याउँदै चफेटीमा पुगेर पुनः घमास्ान लडाइँ गरिछन्। त्यस्ापछि त्यो नाग भागेर इलामको बीचभाग जितपुरपोखरीमा गई बस्ोछ। माङ्मा आफनो बालकलगायत अन्य मानिसलाई खाएर दुःख दिने नागसँग रिसाएर अँझै पनि नागलाई लखेट्दै गइछन्। जितपुरपोखरीमा पनि घमासान लडाइँ भएछ। दुबै रगताम्ये भएछन्। त्यहाँबाट पनि माङ्माशक्तिदेखि डराएर नाग भागी क्याबुङ्को सिरानमा रहेको विशाल पोखरीमा लुक्न गएछ साहारा खोज्दै। ठूलो कटुसको रुखमास्तिर बिशाल पोखरी रहेछ। त्यहाँ पनि माङ्माले नागलाई खोज्दै खेद्दै पुगेर नागसँग घमासान लडाइँ गरिछन्। अन्तिममा नागलाई मारेर माङ्माले विजय प्राप्त गरिछन्। पछि माङ्माले पनि त्यहीं देहत्याग गरिछन्। यसरी माङ्माले आफ्नो बालक गुमाएकाले नागसँग युद्ध गर्दा पोखरीभित्र रहेको लुङ् (ढुङ्गा) समेत काटी माङशक्ति देखाउन सफल भइन्। त्यसपछि कुनै पनि अप्रीय घटना माङमालुङ्मा घट्न बन्द भयो। त्यसैले माङमालुङ ऐतिहासिक, साँस्कृतिक, धार्मिक, प्राकृतिक, पुरातात्विक र पर्यटकीय हिसावले अत्यन्त महत्त्वपूर्ण स्थल रहेको छ। आजभोलि पनि माङ्माको चिहान क्याबुङ पोखरीको पल्लो एक छेउमा रहेको स्थानीय जनता बताउँछन्। नागलाई मारेपछि क्रमशः पोखरी सुक्दै गएछ। अहिले त्यो स्थान ठूलो टारबारीमा परिणत भएको छ। आजभोलि त्यो विशाल पोखरी भएको ठाउँमा किसानहरूले तोरी र अन्य बालीनाली लगाउँछन्।प्राचीन समयदेखि नै माङ्माले काटेको पत्थर (ढुङ्गा) लाई किराँतहरूले माङ्स्थल (पितृस्थल/देवस्थल)का रूपमा संरक्षण र सर्ंबर्द्धन गरी पूजाआजा गर्दै आएका छन्। किराँतीहरूले पत्थरलाई विशेष ढङ्गले पूजाआजा गर्ने गर्दछन्। किराँत र्राईहरूको त सुप्तुलुङ् (चुलाढुङ्गा) नेै पूजाआजा र आस्थाको केन्द्रविन्दु हो। एउटा चुलाढुङ्गा (लुङ्ग) पितृ/सुम्निमा/पारुहाङ्ग/सृष्टिकर्ताका रूपमा, दोश्रो चुलाढुङ्गा समाजका (ज्ञानको स्रोत) रूपमा र तेश्रो चुलाढुङ्गालाई धर्तीमाता/प्रकृृति/धनसम्पत्तिका रूपमा मानी पुजिन्छ, त्यसैले माङमालुङलाई किराँतहरूले यिनै आधारहरू मानी पूजाआजा गर्ने गर्दछन्। मङसिर पूणिर्मा र वैसाख पूणिर्मामा किराँतहरूले वर्षोनी पूजाआजा गर्ने गर्दछन्। माथि विजुवानी थुम्कामा किवालुङ (बाघढुङ्गा), चक्रालुङ (घुम्नेढुङ्गा) पनि छन्। चक्रालुङ कान्छी औँलाले हल्लाउँदा हल्लिन्छ तर दुवै हात राखेर पल्टाउँदा पल्टाउन सकिँदैन। विजुवानी थुम्काबाट ठूलो गुफा तर्राईसम्म गएको छ भन्ने पनि विश्वास गरिन्छ। विजुवानी थुम्कादेखि उत्तर नजिक रहेको थुम्काबाट रमिता हेर्ने हो भने तर्राई, चुलाचुली, चारखोला, भोजपुरको टेम्के र महिम, चोमोलुङमा, मकालु, कञ्चनजङ्घाजस्ता हिमशृङ्खलाहरूका साथै इलामका प्रायः सवैे सुन्दर भौगोलिक दृश्यहरू हेर्न सकिन्छ। माङमालुङ चियावगानले त झनै अर्को सुन्दरता थपेको छ माङमालुङलाई। धरान(भेडेटारको बाटोहुँदै चौविसे, चिसापानी, पञ्चमी, रवि, राँकेसम्मको बाटो जोडे इलाम(पाँचथरको पर्यटनव्यवसाय तुरुन्तै मौलाएर जाने देखिन्छ भने पर्ुवको तर्राई(पहाड जोड्ने मिनी रिङरोडको पनि यसले आवश्यकता पूरा गर्नेछ। यसबाट गुराँस, सुनाखरीजस्ता फूलहरूले ढाक्ने, अनेकौं प्रकारका मालिङ्गोलगायत अन्य प्रकारका बाँसहरू पाइने भएकाले यी वस्तुहरू हेर्न र विभिन्न प्रकारका पशुपंछीहरू, रुखहरू, जडीबुटीहरूले भरिएको मिकलाजुङ पहाड, हिउँखोला, माङमालुङ, जरिबुटेडाँडा (सुर्योदय डाँडा) रवि, फुङसिङ, राँके, रक्सेको सुन्दर पहाड हेर्न देशी(विदेशीहरूलाई सुन्दर अवसर मिल्नेछ।
Khusi lagyo. hami bidesi bhumi ma dukh garne haru ko awaj pani sametnu paryo. ma pani yas maa sahavagi huna chahan6u.
Jitman rai ‘sabin’
Laxmipur-5,ilam
Now-penang,malaysia.
Ramro nalagne kurai hundaina hamro ilam lai 4khol le matra parichit nabanayera yahaka sampurna kura lai ujajar garera hami ilam basi ko bastabikta ra bhougolik yathartha lai praspotan gardinu bhayeko ma too much thank you. Pujan Dhungel Dhuseni-7 Barung,Ilam Hal Doha qatar