-धर्म गौतमइलामका बारेमा सुन्ने, इलाम देख्ने र इलाममा बस्नेहरू सबै एकै स्वरले भन्दछन्, ‘इलाममा पर्यटन विकासको सम्भावना अनन्त छ।‘ के छ इलाममा? इलाममा प्राकृतिक सौर्न्दर्यको प्रधानता छ। प्रकृतिले इलामलाई मुठी खोलेर दिएको छ। समुद्र सतहबाट करीब १४० मिटरदेखि उत्तरतिर ३६३६ मिटरसम्म १,७०३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको इलाम जैविक विधिताले भरिपूर्ण छ। दक्षिणका चुरे पहाड, उत्तरमा रहेको महाभारत र पूर्वमा पर्ने सिंहलिला पर्वत श्रृङ्खला बीचमा होचा अग्ला पहाडहरूका हलुका भिराला पाखा र स(साना अनेकन खोल्सी र चारखोलाहरूले सरस पारेर बनाएका उब्जाउ बेंसीहरू प्रकृतिका वरदान हुन्।परिश्रमी इलामेहरूले लगाएका अलैंची, चिया, वन र गैरकाष्ठ, वन पैदावरहरूले इलामलाई बर्षौभरि हरियालीयुक्त राख्न ठूलो मद्दत गरेको छ। इलामका उत्तरी भेगमा रहेका सन्दकपूर र छिन्तापु जस्ता डाँडाहरूबाट देखिने मनमोहक हिम श्रृङ्खलाहरू तथा अन्तु र सिद्धिथुम्काजस्ता डाँडाहरूबाट देखिने सूर्योदय र सर्ूयास्तका मनमोहक दृश्यहरूले इलाममा एकपछि अर्को आकर्षा थपिरहेका छन्। माईपोखरी, कान्छी पाथीभरा, गजुरमुखी जस्ता स्थलहरूले इलामलाई महत्त्वपूर्ण तर्ीथस्थल बनाएको छ। लारुम्बा किराँत धर्मावलम्वीहरूका लागि इलाम अन्तर्राष्ट्रिय केन्द्रको रूपमा विकसित भइरहेको छ।नेपालमा चियाको आदिथलोको रूपमा चिनिएको इलाम उन्नत गाईपालन र विविध नगदेवालीहरूका लागि पनि अध्ययन अवलोकनको केन्द्र रहँदैआएको छ। इलामको अकबरे खर्ुसानी र अर्थोडक्स चिया पछिल्ला दिनहरूमा अत्यन्त लोकप्रिय भइरहेका छन्। ललिपप, छर्ुर्पी, चिज तथा घिउजस्ता दूग्ध परिकारहरूमा विविधीकरण भइरहेको छ। फूल खेती र पुष्प व्यवसायले इलामको सुन्दरता र आयआर्जनमा योगदान गर्न थालेका छन्। संस्थागत विद्यालयहरू र सामुदायिक अस्पतालले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुविधाहरू थपिरहेका छन्। मेची राजमार्गका अतिरिक्त जिल्लाको पश्चिमी केन्द्र मंगलबारे तथा उत्तरतिर माईपोखरी जाने सडकहरू कालोपत्रे गर्ने कार्यको थालनी भएको छ। ग्रामीण विद्युतीकरण पनि द्रूतगतिमा अघि बढिरहेको छ। जिल्लाभरि विविध प्रकारका टेलिफोनहरूले सञ्चार सञ्जाल बनाउन थालेका छन्। संक्षेपमा भन्दा भौतिक पर्ूवाधार विकासमा इलामले उल्लेख्य प्रगति गरिरहेको छ।विद्यमान अवस्था :(साँच्चै अनन्त सम्भावना हुँदाहुँदै पनि इलामले पर्यटनको क्षेत्रमा अपेक्षित प्रगति गर्न सकेको छैन। गत आर्थिक बर्षा समयावधि पूरा गरेको जिल्लाको पहिलो आवधिक विकास योजनामा पर्यटनको विकासका लागि स्थानीय निकाय, गैसस एवं निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, पर्ूवाधार तयार गर्ने, अध्यागमन कार्यालय स्थापना गर्ने, पर्यटन गाउँहरूको विकास गर्ने तथा पर्यटकीय क्षेत्रहरूको दर्ीघकालीन गुरुयोजना बनाउने जस्ता नीति लिइएको भएतापनि मुलुकमा व्याप्त हिंसात्मक द्वन्द्व, स्थानीय निकायमा जनप्रतिनिधिहरूको अनुपस्थिति र लगानीको अभावका कारण खासै उपलब्धि प्राप्त हुन सकेन।बि.सं.२०५९ सालमा नै माईपोखरी र यसको उत्तरी क्षेत्रको संरक्षण तथा पर्यटन विकास योजना तयार भएतापनि सो अनुरूप विकासका क्रियाकलापहरू हुन सकेका छैनन्। माईपोखरी र आसपासका क्षेत्रहरूमा पर्यटनविकासको गुरुयोजना बने पनि त्यसको कार्यान्वयनका लागि स्रोतको व्यवस्था हुन सकेको छैन। बढ्दो अव्यवस्थित शहरी विकासका कारण सदरमुकाम इलाम बजारको परम्परागत सौर्न्दर्य दिनानुदिन नष्ट भइरहेको मात्र छैन, ढल निकासको समुचित व्यवस्था नभएका कारण बजारको पूर्वी क्षेत्रमा भइरहेको भू(क्षय र पहिराहरूले शहरको अस्तित्वमाथि नै चुनौती थपिरहेको छ। शहरमा पानीको समस्या विद्यमान छ।बि.सं.२०६० मा मनाइएको इलाम महोत्सवले सामान्यजनहरूमा समेत पर्यटन विकासप्रति चासो जगाउन सफलता प्राप्त गरे पनि त्यसले निरन्तरता पाउन सकेको छैन। अन्तुमा स्थानीयस्तरमा पर्यटन विकासका लागि संस्थागत पहलको थालनी भएको छ तर सूर्योदयको दृश्यावलोकनको समयवाहेक अरू सिजनमा पर्यटकहरूको आवागमन कायम राख्ने पर्ूवाधारहरूको विकास त्यहाँ पनि हुनसकेको छैन। पोखरीको अवस्थितिको बिषयलाई लिएर सुलुबुङ्क र माईपोखरीबीच भएको विवादले माईपोखरी क्षेत्रले पर्यटन विकासमा लिन थालेका पाइलाहरूमा अवरोध सिर्जना गरेको छ।सबैभन्दा विचारणीय कुरा के छ भने इलामको पर्यटनविकासको चर्चा सतही रूपमा मात्रै हुने गरेको छ। पर्यटन विकासमा निजी क्षेत्रको संलग्नता नबढुञ्जेल त्यसले गति लिन सक्दैन। तर सामान्य होटलहरूमा बाहेक पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रको संलग्नता कतै देखिँदैन। त्यसैगरी जि.वि.स., गा.वि.स.जस्ता स्थानीय निकायले समेत पर्यटनको विकासका लागि लगानी गर्नमा कञ्जुस्याँइ गरेको तथ्य तिनीहरूको बाषिर्क नीति तथा कार्यक्रमलाई हर्ेदा र्छलङ्ग हुन्छ। गैससहरूमा पनि थोरैले पर्यटनविकासका लागि छलफल र चर्चा चलाउन बाहेक ठोस क्रियाकलाप गर्न हुन सकिरहेको छैन। दाताहरूको सहयोगमा बाँचेका गैससहरूले पर्यटनको विकासका लागि लगानी गर्न पनि दाताकै मुख ताक्नुभन्दा अर्को बाटो फेला पार्न सकेको पाइँदैन।सबैभन्दा खड्किने बिषय पर्यटनसम्बन्धी सूचनाको अभाव रहेको छ। इलाममा खास गरेर मुलुकका अन्य भागहरूबाट विभिन्न संघ(संस्थाहरूले आयोजना गरेको अध्ययनअवलोकन भ्रमणमा ठूलै संख्यामा मानिसहरू आउनेजाने गरेको देखिन्छ तर तिनका बारेमा कुनै सूचना राख्ने निकाय छैन। त्यसैगरी यहाँका बारेमा उनीहरूलाई सूचना दिने निकाय पनि छैन भन्दा हुन्छ। केही बर्षपहिले नगरपालिकाले स्थापना गरेको तर बीचमा पुरै निष्त्रिmय रहेको र्‘पर्यटन सूचना केन्द्र‘ लाई हालसालै नगरपालिका र उद्योग वाणिज्य संघले मिलेर जीवन दिने प्रयास थालेका छन् तर आवश्यक स्रोतको न्यूनतामा त्यस केन्द्रले अपेक्षित गति लिन सक्ला जस्तो देखिंदैन। इलामको पर्यटन विकासको गुरुयोजना बनाउने उद्देश्यले गत बर्षजिल्ला विकास समितिले क्ल्ख् ल्भउब किो सहयोगमा इलामको पर्यटन बजारको समान्य अध्ययन गर्ने प्रयास गरेको थियो। यो अध्ययन मूलतः माग अर्थात् इलाममा आउने पर्यटकहरूले के चाहन्छन् भन्ने पक्षमा केन्द्रित थियो। इलाम भ्रमणमा रहेका ११५ र भारतसमेत अन्य ९ देशका ३६ जनासँग गरिएको निर्देशित अन्तरवार्तामा आधारित त्यस अध्ययनको प्रारम्भिक प्रतिवेदनले निम्न सुझावहरू दिएको छ।ज्ञ। इलाम आउनेहरूलाई इलाममा भ्रमण तथा अवलोकन गर्नुपर्ने स्थल तथा वस्तुहरूबारे जानकारी नभएको देखिएकाले त्यस्तो सूचना प्रवाह गर्ने केन्द्रको स्थापना गर्नु पर्ने,द्द। इलाम आउने पर्यटक सोझै सदरमुकाम आउने भएकाले त्यस्तो केन्द्र सदरमुकाममै हुनुपर्ने र त्यहाँबाट जिल्लाका अन्य भागबारे विस्तृत सूचना दिने व्यवस्था हुनुपर्ने,घ। देशव्यापी पर्यटन प्रवर्द्धनको दायित्व बोकेको नेपाल पर्यटन बोर्डले स्थानीय निकाय र अन्य सरोकारवालाहरूसमेतको संलग्नतामा इलामको पर्यटन विकासको विस्तृत योजना बनाउनु पर्ने,द्ध। पर्यटन विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण हुनेभएकाले तिनलाई त्यस दिशातर्फअग्रसर गराउन विशेष प्रयास र पहल हुनुपर्ने,छ। पर्ूवाधार विकासमा सरकारले आवश्यक लगानी गर्नुपर्ने,ट। पर्यटन विकासका लागि प्रतिवद्ध स्थानीय संस्थाहरूलाई सम्बन्धित बिषयमा व्यवस्थापकीय तालिम दिनुपर्ने,ठ। स्थानीय अर्थव्यवस्थालाई मजबुत बनाउन पर्यटनले खेल्ने भूमिका बारे स्थानीय बासिन्दालाई अभिमुखीकरण गर्नुपर्ने,ड। काठमाडौं र छिमेकी जिल्लामा रहेका टुर अपरेटरहरूमा इलाम जिल्लाको पर्यटकीय परिचय पुर्याइनुपर्ने,ढ। होटलमा काम गर्ने मानिसहरूलाई प्रशिक्षित गर्नुपर्ने,ज्ञण्। पर्यटकले चिनो आदिको रूपमा लान रुचाउने खालका स्थानीय वस्तु उत्पादन गर्नुपर्ने, ज्ञज्ञ। पर्यटक आगमनमा बृद्धि गराउनुका साथै उनीहरूको इलामको बसाइअवधि लम्ब्याउने उद्देश्यका कार्यहरू गर्नुपर्ने रज्ञद्द। पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनका लागि जि.वि.स. र सम्बन्धित गा.वि.स.ले उल्लेख्य बजेट विनियोजन गर्नुपर्ने।सम्भावनाहरू :(र्पर्यटन भनेको विभिन्न उद्देश्यले गरिने मानिसहरूको आवत(जावत हो। यस्ता उद्देश्यहरूमध्ये धेरैलाई इलामले पूरा गराउने क्षमता राख्दछ। इलाम कृषिजन्य विभिन्न नगदेवालीहरूको अध्ययनको केन्द्र बन्न सक्दछ। चियाको अध्ययनका लागि इलामभन्दा उपयुक्त अर्को थलो नेपालमा छैन। पुस्तक लेख्न एकान्त रोज्नेहरूका लागि इलाम प्रमुख गन्तव्य हुन सक्दछ। प्राकृतिक दृश्यावलोकनमा इलाम कुनै स्थानभन्दा पछि छैन। उत्तरी इलाममा पर्ने महाभारत पर्वतका विभिन्न स्थानहरूबाट कञ्चनजङ्घादेखि सगरमाथा पश्चिमसम्मका हिमशिखरहरू एकै नजरमा अवलोकन गर्न सकिन्छ। सूर्योदय र सर्ूयास्तका मनोरम दृश्यहरूकालागि इलाम कहलिएकै ठाउँ हो। इलाम जिल्ला पूरै पैदल यात्राकालागि विविधताले भरिएको मार्ग हुन सक्छ। चरा, पुतली, पानी गोहोरो, रेडपाण्डाजस्ता जीवहरू अध्ययन गर्नेका लागि इलाम लक्षित स्थल बन्न सक्दछ। र्राई, लिम्बू र लेप्चा जाति र तिनको संस्कृतिको अध्येयताहरूकालागि इलाम उपयुक्त थलो हो।इलामको सदरमुकाममा रहेको ठूलो टुँडिखेलको संरक्षण र विकास गरी यहाँ गर्मी याममा विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्नसके कोशीपूर्वका तर्राईका जिल्लाहरू र भारतको सिलगुढीका मानिसहरूलाई गर्मी छल्ने राम्रो उपाय हुनेछ। दार्जीलिङ्गका खेलप्रेमीहरू इलाम आउनेछन्। इलामका चारखोलाहरूमा दुवाली थुनेर माछा मार्ने परम्परागत चलनलाई मनोरञ्जनात्मक खेलको रूपमा विकास गर्न सकिन्छ। पर्यटनको चतुर पक्ष भाषिक प्रस्तुति हो किनभने बोल्नेको पीठो बिक्छ।क्षेत्रीयस्तरका सभा, गोष्ठी, सेमिनारहरू गर्न इलाम अत्यन्त रमणीय स्थल हुन सक्छ। यसका लागि निजी क्षेत्रले अलिकति लगानी गरेर होटलहरूमा सुविधा थप्नु मात्रै हो। निर्माणाधीन सभागृहले एउटा आवश्यक्ता पूरा गर्ने नै छ। अन्तुजस्ता गाउँ र त्यहाँ विकास भइरहेको ‘होम स्टे‘ र ‘पेइङ गेस्ट‘ प्रचलनले थोरै आम्दानी भएका पर्यटकहरूलाई राम्रो आकर्षा दिन सक्दछ। सहरका युवाहरूमा बढ्दै गएको हनिमुनयात्राका लागि इलामका प्रत्येक गाउँ आकर्ष हुन सक्दछन्। आवश्यक्ता प्रचार(प्रसार र प्रस्तुतिकोे हो।चुनौतीहरू :(सहरतिर दशैंतिहारमा घुम्न जाने प्रचलन बढ्दो छ। यस्ता भ्रमणका गन्तव्य भारतका बैङ्लोर, गोवा, कन्याकुमारी आदि हुने गरेका छन्। सिक्किम उसरी नै प्रतिस्पर्धामा उत्रेको छ। मानिसको आम्दानी बृद्धिसंगै भ्रमणहरूमा पनि वृद्धि हुँदै जानेछ। देशभित्रै पनि पर्यटकीय स्थलहरू चर्चित हुँदैछन्। भेडेटार यसको उदाहरण हो। अझै धेरै नेपाली दार्जिलिङ्ग जान्छन्। दार्जिलिङ्गले भन्दा बढी मरोरञ्जन इलामले दिन सक्दछ। इलाममा विविधता छ। त्यस विविधतालाई बजार दिनु हाम्रो लागि अहिले चुनौती बनेकोछ। मानिस सहरको प्रदूषणबाट विश्राम लिन पनि भ्रमणमा निस्कन्छन्। यस्ता पर्यटकहरूलाई हाम्रो प्राकृतिक बनौटले सन्तुष्टि दिन सक्दछ। तिनलाई यतातिर आकषिर्त गर्ने चुनौती हामीले कबोल्न सक्नर्ुपर्दछ। अतः व्यवस्थापन र प्रचार(प्रसारमा प्रतिस्पर्धा इलामको पर्यटन विकासका मुख्य चुनौती हुन्।
इलामको पर्यटन विकास: विद्यमान अवस्था, सम्भावना र चुनौतीहरू Sunday, Dec 9 2007
Uncategorized 1:58 pm
Dharma Sir,
Thanks a lot for the article. I am your student far from Ilam now but i really appreciate your contribution to Ilam and Journalism