-देवीप्रसाद गौतम
‘जात्रा‘ को इतिहास अध्ययन गर्दा पुरानो छ। नेपाली र बंगाली जनजीवनका लागि ‘जात्रा‘ अभिन्न अंग मानिन्छ। जात्रा शब्दको मूल अर्थ – जुलुस अथवा उत्सव हो। हिन्दूधर्म संस्कृति र परम्पराअनुसार विभिन्न चाड पर्वहरू रअनेक ‘जात्रा‘ हरू सम्पन्न गरिन्छ। प्राचीनकालमा प्राय धार्मिक उत्सवहरूको बढी चर्चा पाइन्छ। सुरुमा भक्तजनहरूले आफ्नो इष्टदेवको उपासनाको निमित्त धार्मिक, लीला, भजन कीर्तन गर्दै नाँच्दै, कुनै विशिष्ट स्थानसम्म जाने 11परम्परा थियो। मध्यकालमा पनि धार्मिक र लौकिक चाडपर्व जात्राहरू मनाइन्थ्यो। माध्यमिक कालदेखि नै नेपालमा सार्वजनिक रूपमा गाईजात्रा, लाखेजात्रा, कृष्णजात्रा, इन्द्रजात्रा, भोटोजात्रा, विस्केटजात्रा आदि मनाउने चलन चल्यो।जाति र स्थान विशेष मनाइने चाडपर्वका साथै सार्वजनिक चाडपर्व र जात्राहरू विधिपूर्वक मनाउने चलन चल्यो। धर्म, जाति र स्थान विशेषमा माग सीमित नरहेर जात्राले मनोरञ्जनलाई पनि ठाउँ दिएको र हर्षोल्लासपूर्वक मनाउने परम्पराले गर्दा जात्राको महिमा बढ्दै गयो। हाम्रो हरेक चाडपर्व,11रीतिरिवाज, जात्राहरू समय सापेक्षित आ–आफ्नै चाडपर्व, रीतिरिवाज, जात्राहरू समय सापेक्ष आ–आफ्नै विशेषता बोकेर एकपछि अर्को तँछाड–मछाड हुँदै आकर्षक र मनोहर भएर आउँछन्। यसै क्रममा हाम्रा अनेकौं चाडपर्व र जात्रामध्ये नेपालको पूर्वी भेगमा विकसित भएको रोपाइँजात्रा पनि एक हो। नेपालको सुदूरपूर्वमा अवस्थित सूर्योदयले पहिलो स्पर्श गर्ने, चिया र अलैंचीबारीले सधैं शोभायमान 11गरी हरियाली डाँडा–पाखाले सजिएको इलाम जिल्लाको संस्कृतिको इतिहास केलाउँदा त्यति नै पुरानो र आकर्षक छ। ‘सबै जातको फूलबारी‘ भन्ने उक्तिलाई स्वीकार्न योग्य इलाम जिल्लामा संस्कृतिको संगम स्थल पनि मान्न सकिन्छ। कतिपय साँस्कृतिक पक्ष विविध जातिमा रहेको ऐतिहासिक र धार्मिक विश्वासलाई आधार मानेर जन्मिएका हुर्किएका छन् भने कतिपय साँस्कृतिक पक्ष जातिगत धरातलमा नै सीमित छन्। बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक समाजमा विकास भएका हाम्रा सांस्कृतिक क्षेत्रहरूमा साम्प्रदायिक सद्भाव र सहिष्णुता सबैका लागि उदाहरणीय र अनुकरणीय छ। यहाँका टड्कारो साँस्कृतिक पक्षमा, धाननाच, च्याब्रुङ्ग नाच, चण्डीनाच, बालुन नाच, रत्यौली, संगिनी, मारुनी, माल्सिरी, सेलो, भजन–कीर्तन, लेप्चानाच, गाईजात्रा, लाखेनाच, रोपाइँजात्रा आदि पर्दछन्। भाद्रकृष्ण प्रतिपदाका दिनलाई मूल दिन मानी मनाइने ‘गाईजात्रा‘ बाट सुरु भएका जात्राहरूको आयु ७ दिन (एक हप्ता)सम्म रहने र कृष्णजन्म अष्टमीमा विसर्जन गर्ने परम्परा छ। यसै परिप्रेक्ष्यमा हुर्किएको ‘रोपाइँजात्रा‘ को कुनै धार्मिक तिथिसँग निकतता गाँस्न नसके पनि कृष्ण जात्रासँग भने विशेष नजिक देखिन्छ। नेपालको पूर्वी भेगमा प्राय बारको नामबाट हाट बजार लाग्ने र कुनै जात्रा उत्सव मनाउँदा पनि हाटबजारको अवसर पार्ने चलनले जरा गाडेको छ। पूर्वी नेपालको सांस्कृतिक धरोहरका रूपमा रहेको ‘रोपाइँ जात्रा‘ इलाम जिल्लाअन्तर्गत इलामबजार, मंगलबारे, फिक्कल, शुक्रबारे (नाम्सालिङ), नयाँबजार, जीतपुर, नवमी, साङरुम्बा, शान्तिडाँडा आदि ठाउँमा मनाउँदा हाटबजारकै अवसर पारेर मनाइन्छ। कृष्णाष्टमीका दिन हाट लाग्ने भए सोही दिन र बिहाटमा कृष्ण जन्म अष्टमी परेमा सोभन्दा अगाडिको हाटको अवसर पारी 11′रोपाइँजात्रा‘ मनाउने चलन छ। यो सानो टोलमा इलाम जिल्लाको मंगलबारे बजारमा सम्पन्न गरिने 11रोपाइँजात्राको बारेमा केन्द्रित रही वर्णन भएको कुरा पङ्क्तिकार अनुरोध गर्दछ। २०१६ सालदेखि सुरु भएको रोपाइँजात्राको उद्देश्यका सम्बन्धमा विभिन्न धारणाहरू पाइन्छन्। जहाँसम्म मंगलबारे बजारमा मनाइने 11′रोपाइँजात्रा‘ को कुरा छ, प्रत्यक्षरूपमा सांस्कृतिक 11संरक्षण गर्नु हो भने परोक्षरूपमा चलाइने अर्थ संकलन गर्ने उद्देश्यबाट यो जात्रा सुरु भएको स्थानीय बुढापाकाको भनाइ छ। यस ठाउँका न्वारानको नाम मंगलबारे भए पनि बुधबार हाट लाग्ने यस बजारमा मनाइने ‘रोपाइँजात्रा‘ लाई ‘हिलेजात्रा‘ पनि भन्ने चलन छ। कामको चटारो नभएको मौका पारेर मनाइने यस जात्रालाई चाड पर्वको थालनी मान्न सकिन्छ। कृषिप्रधान देशका कृषकहरूको क्रियाकलापलाई नाटकीय शैलीमा प्रदर्शन गर्दै ‘रोपाइँजात्रा‘ ठठ्ठा रमाइलोका रूपमा मनोरञ्जन (अभिव्यक्त) गर्ने अवसर हो। वर्षभरिको हिलो, आली, रोपाइँको यादलाई आलो राख्दै रोपाइँको काल्पनिक रूप दिँदै ठट्टा रमाइलोका साथ मनोरञ्जनात्मक क्रियाकलाप गरिन्छ। 11रोपाइँजात्रामा सहभागी हुने कलाकारहरूमा रोपाहार, बाउसे, हली, हलगोरु, साधु–चेला, ढटौरे, मुङ्ग्रे, लाखे, मखुण्डे साथै नृत्य र गायनसँगै सम्बन्धित विभिन्न नृत्य समूह पर्दछन्। औपचारिक कार्यक्रम चाहिँ बिहान ७/८ बजेबाट प्रारम्भ भई साँझ ६/७ बजे समाप्त हुन्छ। सोही दिनको रातभर मेला लाग्दछ। मेलामा विशेष धाननाँच र अन्य लोकनृत्यहरू, दोहोरी/11जुहारी गीतहरू प्रस्तुत हुन्छन्। बेलैदेखि गोरुको भेषमा र हलोको रूपमा निस्किएका भेषधारी कलाकारहरूले बजार परिक्रमा गर्दछन्। रोपाहार रोप्ने र बाउसेहरूले नाच्दै बाउसे गनर्ेे परम्परा छ। पञ्चै बाजाको तालमा बाउसेहरूले निर्दीष्ट गरेको बाटो पहिल्याउँदै श्रृंगारले धपक्क बलेका रोपाहारहरू हातमा बीउ बोकी कम्मर मर्काउँदै एक वा दुई लहरमा धान रोपेको नक्कल गर्दछन्। सनाईका सुरिला स्वरभित्र पञ्चैबाजाको बेठी तालमा रोपाहार र बाउसेको नाचले बजार रमाइलो बनाएको हुन्छ। पहिले–पहिले पुरुषहरूले महिलाको भेषमा रोपाहारको भूमिका निर्वाह गर्थे तर आजभोलि महिला कलाकार (छात्राहरू) पनि रोपाहारमा सहभागी हुने परम्परा बसेको छ। जात्राका अन्य विभिन्न क्रियाकलापमा स्थानीय कलाकार, अभिभावक, जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कलजस्ता संस्थाको सक्रिय सहयोग रहन्छ। ‘जात्रा‘ को सुरुदेखि साँझसम्म विभिन्न लोक बाजाहरूको तालमा हुने लोकगीत र लोक नृत्यहरूको विशेषता उल्लेखनीय छ। बजारलाई खुल्ला मञ्च बनाएर विभिन्न गीत, नाँच अभिनय र अभिव्यक्तिको सशक्त माध्यम मात्र नभएर मनोरञ्जनसँग पर्याप्त सन्देश र संस्कृति बाँड्दै हिंड्ने पर्वका रूपमा 11′रोपाइँजात्रा‘ लाई मान्न सकिन्छ। उत्साही युवा विद्यार्थीबाट तयार गरिएका गायन, वादन र नृत्यका समूहहरूको नाचगानले नयाँ जीवन पाउन थालेको छ। लोकगीत र दोहोरी गीतका नयाँ र पुराना भाकाहरू बजारमा घन्किएपछि दर्शकहरू पनि नाँचगानमा सहभागी बन्दछन्। साधुको लट्टादेखि मुङग्रे ढटौरेको ठट्टासम्म हेर्दा बजार भर्ने दर्शकहरूलाई पर्दछन्। साधुको भेष धरेका सन्तमहन्त र चेलाहरूले भिक्षा माग्दै ‘अलाप‘ जप्दै बजार परिक्रमा गर्दछन्। कालोमोसो घसेका (दैत्यका प्रतीक) नाङ्गे, मुंग्रे र ढटौरेले ठट्टा रमाइलो गर्दै भीड हटाउने र व्यंँग्यात्मक नृत्य प्रस्तुत गर्दछन्। इलामको पश्चिमी क्षेत्रको केन्द्रको रूपमा रहेको यस बजारमा रोपाइँजात्राका दिन हजारौं दर्शकहरूको घुइँचो लाग्दछ। ‘रोपाइँजात्रा‘ मा नौमति बाजाको तालमा रोपाहार र बाउसेबीच छेउछाउ र जुहारी खेल्दा सवाल–जवाफका रूपमा प्रस्तुत हुने केही गीतको नमूना निम्न छन्। केटी– बाउसे गर्ने बाउसेदाजु कोदाली मच्याउँछ हातको कोदाली आलीमा राखी हामीलाई फकाउँछ। केटा– असार मासको दबदबे हिलो छुपछुपी रोपौली। छुप्छुपी रोप्दा फरिया फुके लाजले छोपौली। 177 सानुमा सानु बाखरी पाठो बौलाए म्याँ गर्छ। रोपार बाउसे हाँस खेल गर्दा कसले पो क्या गर्छ। रोपाइँ गर्ने रोपार्नी बैनी हातैमा बिऊ दिउँला। अरुलाई दिउँला बोली र बचन तिमीलाई जीऊ दिउँला।। यस्तैगरी लोकबाजाहरूको तालसुरमा गाइने गीतहरू र विभिन्न भेषभूषामा सजिएका नाचगानका कलाकारहरूले अत्यन्तै रमाइला गीतहरू गाउँछन्। केही गीतहरूका नमूना यहाँ प्रस्तुत छन्ः― १. रोपाइँ गरन, बैनी रोपाइँ गरन। बाउसे गरन दाजु बाउसे गरन।। 177 177 असारको हिलो आली, भदौ महिना जात्रा। तिमीसँग जोडा मिल्ने रैछौं हामी मात्र।। 177 177 मंगलबारे डाँडामा लैलै बुधबार हाट लाउने। निष्ठूरी मै माया नलाए बैसको पाप लाग्ने।। 177 177 रोपाइँजात्रा रमाइलो पर्व वर्ष दिनको चाड। रोपाहार बाउसे नाच्दै आए खोइ खोइ बाटो छाड।। इत्यादि। रोपाइँजात्रा विभिन्न जातजाति, भाषा–भाषी समूह, समुदायको मिश्रित संस्कृति भएको पर्व हो। लिम्बू जातिको साँस्कृतिक परम्पराको रूपमा रहेको ‘धाननाच‘ वर्षायामपछि यसै दिनबाट सुरु गर्ने परम्परा छ। धाननाचमा प्रयोग गरिने पालामहरूको केही नमूना यहाँ प्रस्तुत छन्ः― सरिनो केजङ हेकेलर। याक्थुङ्सा आनी आम एरो।। हुई–पकन्दे सरलैमा सर 177 सिंगोच्छे पेश्का सायो कुङमारो मायालु कान्छी ताजेङ तुम्मारो। इत्यादि। राई जातिको प्रस्तुत गर्ने ‘चण्डीनाँच‘ (साकेवाशिली) मा गाइने लोक भाकाका गीतको एक झलक यहाँ प्रस्तुत गरिन्छः― (सिन्कौली सेउली सेलेले नाचीमा देउन फेलेेले)२ सोइ सोइला–हो हुर्रा हा हा सोइ ढोले सोइ अर्को ढोले खोइ। तीनतले घरको जोरवाँहा। जीऊ मेरो यहाँ मन कहाँ – ए हजुर, ए हजुर सोइ सोइला हो…………… 177 177 177 उपसंहार ‘रापाइँजात्रा‘ श्रम सौन्दर्यलाईसम्मान गर्दै जीवनलाई खुसियालीमा परिणत गर्ने पर्व हो। 11′रोपाइजात्रा‘ पर्वका विभिन्न क्रियाकलापभित्र सिङ्गो लोकको सम्पूर्ण पक्षलाई सारांशमा हेर्न, बुझ्न र अनुभव गर्न सकिन्छ। इलामकाको सांस्कृतिक फाँटमा 11′रोपाइँजात्रा‘ ले जनचेतना ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। ‘हिलेजात्रा‘ नामले समेत चिनिने रापाइँजात्राले सांस्कृतिक उत्थानमा सघाउ पुर्याउने मात्र होइन हाम्रो समाजमा देखिएको अनैतिक, विकृति, भ्रष्टाचारजस्ता पक्षहरूलाई हाँस्य व्यँग्यका रूपमा कडा अभिनय र आलोचना गरेको पाइन्छ। हामीले देनिक जीवनमा भोग्दै आएका चिन्ता असन्तोष पीडाजस्ता अँध्यारा पक्षहरूलाई हँस्यौली–ठट्यौलीका रूपमा पोख्ने काम हुँदा जात्राले जीवनलाई सहज बनाउन मद्दत समेत गर्दछ। धार्मिक र साँस्कृतिक मान्यता पालना गर्दै आफ्नो मुलुकका कुना काप्चाका संस्कृतिलाई 11परिवर्तिन परिवेश र रीतिरिस्थति सुहाउँदो गरी नवीन रूप प्रदान गर्दै यस्ता उत्सव, पर्व, जात्राहरूमा आकर्षक र मनोरञ्जक तुल्याउने प्रयास गर्नुपर्दछ। यसो भएमा नयाँ पिंढीमा जोस जागर र स्फुर्तिको भावना गरिन्छ र हाम्रा सन्ततिलाई कला संस्कृतिको संरक्षण गर्ने 11प्रेरणा प्राप्त हुन्छ। हाम्रो समाजमा प्राचीन कालदेखि चली आइरहेका चाडपर्व, उत्सव जात्राहरू हालको देशकाल परिस्थितिअनुसार प्रभावित भएका हुन्छन्। पूर्वी नेपालको साँस्कृतिक धुकधुकीको रूपमा रहेको 11′रोपाइजात्रा‘ लाई संरक्षण गरी प्रचारमा ल्याउनु हामी सबैको दायित्व हो। मंगलबारे, इल्ाम ##############