थिचिएको वर्तमानमा भौँतारिँदो मन

रवीन्द्र भट्टर्राई,

हिंसाको भरेङबाट उक्लिएर,

रूपान्तर गरेर पाइतालामा मेरा थाप्लाहरूलाई -

मलाई मुक्त मानव घोषित गर्न आतुर,

क्रान्तिको यन्त्रमानवप्रति

नतमस्तक मेरो गाउँ, मेरा नाताकुटुम्ब र मेरो परिवेश ।

परम्पराको लिस्नाबाट ओर्लेर

दृष्टिभ्रष्ट अर्को कहालीलाग्दो,

भ्रान्तमना एकताबिम्ब मेरा माथामा उभिएर

अलख जगाएर आलो रगतले तिर्खा मेट्न

सुरक्षा, सुविधा र सादर भिक्षाटनमय सुशासनप्रति

समर्पित छ मेरो सहर, मेरा सहपाठी र मेरो वर्तमान ।

निर्जनतातिर उन्मुख वाहनमा बसेर यात्रामा निस्केको म

मूच्छिर्त मेरा आस्थाका पिपिरा,

क्लान्त मेरा हृदयधड्कन,

थकित मानवविचार,

दिग्भ्रमित भएको छ मेरो जीवनको परिभाषा ।

मानिस दिनहुँ वस्तु बनाउँदो छ वर्तमान

म दिनानुदिन वस्तुमा रूपान्तर छु ।

बस्तीले अचेल मुख खोल्न छाडेको छ,

कुरा सुन्न र विचार गुन्न छाडेको छ, मानौ बस्ती भनेकै मौनता हो,

चिसो भनेकै कोकोकोलाजस्तो ।

 

बस्तीमा र्सजकको मूल नास भएझै

आँसुहरू कथा र कविता लेख्न थालेका छन्,र्

अर्तनादहरूले बोलेका संवाद अखबारमा समाचार भएर ठिङ्ग उभिएर मलाई तर्सर्ाान् जुलुङ्गाले जस्तै ।

अभाव, पीडा र अकासिँदो भाउबिक्रीका हूल

क्रान्ति र विकासको वितरण खातिर

बस्तीमा छापा मारिरहेको छन्,

खडेरीले खाएका भारी आँखाहरू बिङ्गा लाएर पुनःपीडित कथाको

स्वागत र अभिनन्दन गर्न विवश छन् छापामार र सुरक्षादस्ताको – जीवन एउटा सम्झौता रहेछ ।

शान्ति, बुद्ध, जयपृथ्वी र न्यायका आलापहरू बातीहरूमा उतारेर

मेरो बस्तीको दुनियाँ शान्तिको आरतीसाथ गरेर भाकलहरू मन्दिरमा सुन, धन र सुखशान्ति पर््रार्थनामा मग्न छ ।

हो, मेरा वर्तमान र परिवेशहरू मेरा माथामा दर्ुइ बुटहरू सिरपोस छन्,

र बुटहरू मलाई मुक्त मानव बनाउनका लागि शोषण, अत्याचार र आतङ्क निमिटयान्न पार्न चाहन्छन् ,

दोबाटोमा उभिएर मन प्रश्न गरिरहेछ ए ! बस्तीको मान्छे -

तँ लासको जिउँदो रूप होस् वा जनता अर्थात् भ्रम सत्ताले सम्पन कुनै अजिबको जीव -

२०६१ जेठ १९ गते, बालुवाटार काठमाडौँ