थिचिएको वर्तमानमा भौँतारिँदो मन
रवीन्द्र भट्टर्राई,
हिंसाको भरेङबाट उक्लिएर,
रूपान्तर गरेर पाइतालामा मेरा थाप्लाहरूलाई -
मलाई मुक्त मानव घोषित गर्न आतुर,
क्रान्तिको यन्त्रमानवप्रति
नतमस्तक मेरो गाउँ, मेरा नाताकुटुम्ब र मेरो परिवेश ।
परम्पराको लिस्नाबाट ओर्लेर
दृष्टिभ्रष्ट अर्को कहालीलाग्दो,
भ्रान्तमना एकताबिम्ब मेरा माथामा उभिएर
अलख जगाएर आलो रगतले तिर्खा मेट्न
सुरक्षा, सुविधा र सादर भिक्षाटनमय सुशासनप्रति
समर्पित छ मेरो सहर, मेरा सहपाठी र मेरो वर्तमान ।
निर्जनतातिर उन्मुख वाहनमा बसेर यात्रामा निस्केको म
मूच्छिर्त मेरा आस्थाका पिपिरा,
क्लान्त मेरा हृदयधड्कन,
थकित मानवविचार,
दिग्भ्रमित भएको छ मेरो जीवनको परिभाषा ।
मानिस दिनहुँ वस्तु बनाउँदो छ वर्तमान
म दिनानुदिन वस्तुमा रूपान्तर छु ।
बस्तीले अचेल मुख खोल्न छाडेको छ,
कुरा सुन्न र विचार गुन्न छाडेको छ, मानौ बस्ती भनेकै मौनता हो,
चिसो भनेकै कोकोकोलाजस्तो ।
बस्तीमा र्सजकको मूल नास भएझै
आँसुहरू कथा र कविता लेख्न थालेका छन्,र्
अर्तनादहरूले बोलेका संवाद अखबारमा समाचार भएर ठिङ्ग उभिएर मलाई तर्सर्ाान् जुलुङ्गाले जस्तै ।
अभाव, पीडा र अकासिँदो भाउबिक्रीका हूल
क्रान्ति र विकासको वितरण खातिर
बस्तीमा छापा मारिरहेको छन्,
खडेरीले खाएका भारी आँखाहरू बिङ्गा लाएर पुनःपीडित कथाको
स्वागत र अभिनन्दन गर्न विवश छन् छापामार र सुरक्षादस्ताको – जीवन एउटा सम्झौता रहेछ ।
शान्ति, बुद्ध, जयपृथ्वी र न्यायका आलापहरू बातीहरूमा उतारेर
मेरो बस्तीको दुनियाँ शान्तिको आरतीसाथ गरेर भाकलहरू मन्दिरमा सुन, धन र सुखशान्ति पर््रार्थनामा मग्न छ ।
हो, मेरा वर्तमान र परिवेशहरू मेरा माथामा दर्ुइ बुटहरू सिरपोस छन्,
र बुटहरू मलाई मुक्त मानव बनाउनका लागि शोषण, अत्याचार र आतङ्क निमिटयान्न पार्न चाहन्छन् ,
दोबाटोमा उभिएर मन प्रश्न गरिरहेछ ए ! बस्तीको मान्छे -
तँ लासको जिउँदो रूप होस् वा जनता अर्थात् भ्रम सत्ताले सम्पन कुनै अजिबको जीव -
२०६१ जेठ १९ गते, बालुवाटार काठमाडौँ